आईपीएलमा केकेआर-बाट २०० वटा म्याच खेलेर इतिहास रचे सुनिल नारेनले

IMG-20260517-WA0042

काेलकत्ता: काेलकत्ता नाइट राइडर्स (केकेआर)-का स्पिनर सुनिल नारेनले इतिहास रचेका छन्। शनिवार ईडन गार्डन्समा गुजरात टाइटन्सविरुद्ध मैदानमा ओर्लिनको साथै उनले आफ्नो २००औं आईपीएल म्याच पूरा गरे। यसरी उनी आईपीएलमा २०० वटा म्याच खेल्ने पहिलो विदेशी खेलाड़ी बनेका छन्। यसरी नारेन आफ्नो फ्रेञ्चाइजीबाट २०० वटा म्याच खेल्ने पनि पहिलो खेलाड़ी हुन्। उनी २०१२-मा केकेआर-मा सामेल भएका थिए अनि त्यसपछि यसै फ्रेञ्चाइजीबाट लगातार खेलिरहेका छन्। नारेन टीमको म्याच विनर खेलाड़ी हुन्। टीमलाई २०१२, २०१४ र २०२४-मा आईपीएल च्याम्पियन बनाउनमा त्रिनिदाद एण्ड टोबेगोको यस खेलाड़ीको महत्त्वपूर्ण योगदान रहेको छ। आफ्नो अफ् स्पिन बलिंगद्वारा विपक्षी टीमको चिन्ता बढ़ाउने नारेन उपयोगी ब्याटर पनि हुन्। नारेनले आईपीएलमा २०० वटा म्याच खेलेर २०५ विकेट लिइसकेका छन्। यसरी उनले १६५.३०-को स्ट्राईक रेटले १८२० रन पनि बनाएका छन्। यसमा एउटा शतक अनि ७ वटा अर्द्धशतक सामेल छ। नारेन आईपीएलमा सर्वाधिक विकेट लिने विदेशी बलर पनि हुन्। उनी आईपीएलका सफलतम बलरहरूका सूचीमा युजवेन्द्र चहल र भुवनेश्वर कुमारपछि तेस्रो स्थानमा रहेका छन्। आईपीएलमा केकेआर-को तर्फबाट नारेनपछि दोस्रो सर्वाधिक १३३ वटा म्याच आन्द्रे रसेलले खेलेका छन्। यस सूचीमा गौतम गम्भीर (१०८) तेस्रो, युसूफ पठान (१०६) चौथो र वरुण चक्रवर्ती (९२) पाँचौं स्थानमा छन्। यसरी आईपीएलमा सर्वाधिक म्याच खेल्ने विदेशी खेलाड़ीहरूका सूचीमा नारेनपछि कायरन पोलार्ड (१८९) दोस्रो स्थानमा छन्। एबी डीभिलियर्स र डेविड वार्नर १८४-१८४ वटा म्याचको साथ संयुक्त रूपले तेस्रो स्थानमा छन्। ड्वेन ब्राभो (१६१) चौथो र फाफ डू प्लेसिस (१५४) पाँचौं स्थानमा रहेका छन्।

About Author

Advertisement