नयाँ दिल्ली: फूटबल खेलको महासंग्राम मानिने फिफा वर्ल्ड कप विश्वको सबैभन्दा चर्चित अनि सर्वाधिक फलो गरिने आयोजन हो। हरेक चार सालको अन्तरमा हुने यस फूटबल महाकुम्भमा करोड़ौं प्रशंसकहरूका नजर रहेको हुन्छ। यस वैश्विक टुर्नामेण्टमा सहभागी हुनका लागि विश्वका उत्कृष्ट देशदेखि साना देशहरूले पनि क्वालीफाईंग चरणमा हिस्सा लिन्छन्। उत्कृष्ट टीमहरुलाई समेत वर्ल्ड कपमा स्थान बनाउन कठिन हुन्छ। वर्ल्ड कपको क्वालीफाईंग प्रतियोगिताहरू नै कठिन हुन्छ भने वर्ल्ड कपमै खेल्ने पाए कति मज्जा हुन्छ होला? त्यो वर्ल्ड कप खेल्ने टीमलाई मात्र थाहा हुन्छ । विश्व फूटबलको सर्वोच्च निकाय फिफामा २११ सदस्य देशहरू रहेका छन्। जसमा सबैको लक्ष्य कम्तीमा एकपल्ट फिफा वर्ल्ड कपमा खेल्ने त हुन्छ नै तर सबैको रहर पूरा नहुन पनि सक्छ। साल १९३० मा उरुग्वे बाट शुरु भएको फिफा वर्ल्ड कपको २२ संस्करण सम्पन्न भइसकेको छ भने आगामी जून ११ देखि अमेरिका, मेक्सिको र क्यानाडामा २३औं संस्करण शुरु हुँदैछ। अहिलेसम्म खेलिएको २२ वटा संस्करणमा जम्मा ८० वटा देशले वर्ल्ड कप खेलिसकेका छन् । यसपाली त्यो सूचीमा चार नयाँ देश थपिँदैछैन्। एशियाबाट जोर्डन र उज्बेकिस्तान, अफ्रिकाबाट केप भर्डे र क्यारेबियन क्षेत्रबाट कुरासाओले वर्ल्ड कप फूटबलमा पहिलोपल्ट आफ्नो उपस्थिति जनाउँदैछ । वर्ल्ड कपमा लगातार हिस्सा लिनु अर्को चुनौती हुन्छ। त्यसमा पनि क्वालीफाईंग चरणको वाधा पार गर्नु पर्ने हुन्छ। यस्तोमा ब्राजिल भने एउटा त्यस्तो देश हो जसले अहिलेसम्म भएको सबै २२ वटा संस्करणमै हिस्सा लिएको छ र अब २३औं पल्ट वर्ल्ड कप खेल्ने तयारीमा छ। ब्राजिललाई वर्ल्ड कप फूटबलको पर्यायवाची नै मानिन्छ र त्यही देशका फूटबल स्टार पेलेलाई फूटबलका राजा भानिन्छ । ब्राजिलले ने सर्वाधिक ५ पटक फिफा वर्ल्ड कप खिताब समेत जितेको छ। जम्मा ९० देशले वर्ल्ड कप खेलिसक्दा ब्राजिलसहित ८ वटा देशले मात्र खिताब जित्न सकेको छ। यसरी १९ वटा देशले १-१ पल्ट मात्र वर्ल्ड कप खेलेका छन्। यसरी डीआर कंगो, कतर, हाती, बोस्निया एण्ड हर्जगोभिना, पानामा, इराक दोस्रोपल्ट फिफा वर्ल्ड कप खेल्दैछन्। त्यसमा डीआर कंगो र हाइतीले ५२ वर्षपछि तथा इराकले ४० वर्षपछि वर्ल्ड कपको निम्ति क्वालीफाई गरेको छ। यसरी बोस्निया १२ वर्षपछि र पानामा ८ वर्षपछि वर्ल्ड कपमा फर्किरहेको छ भने कतर लगातार दोस्रोपल्ट वर्ल्ड कप खेल्दैछ। साल २०२२ मा कतरमा भएको वर्ल्ड कपमा हिस्सा लिने सर्बिया, पोल्याण्ड, क्यामरुन, कोस्टारिका, डेनमार्क र वेल्सले चाहिँ यसपाली क्वालीफाई गर्न सकेन। वर्ल्ड कपको सर्वाधिक संस्करणमा हिस्सा लिने देशहरूका सूचीमा ब्राजिल (२२ वटा) शीर्ष स्थानमा रहेको छ। यसरी जर्मनी (२०) दोस्रो स्थानमा छ। अर्जेण्टिना र इटलीले १८-१८ वटा संस्करण खेलिसकेको छ। मेक्सिकोले १७ वटा संस्करणमा हिस्सा लिएको छ। स्पेन, फ्रान्स र ईंग्ल्याण्डले १६-१६ वटा संस्करणमा खेलिसकेको छ।










