सोनादाको रमिते निवासी बिमारी बालकलाई बचाउन समाजको तर्फबाट सबैप्रति अपिल

IMG-20260515-WA0125

सोनादा: मानवता नै सबैभन्दा ठूलो धर्म हो, साँचो हृदयले गरेको उपकार र सहयोगभन्दा ठूलो सहयोग अरू के हुनसक्छ। विगत ६ महिनादेखि छोराको जीवन बचाउन हर दिन हर रात छट्पटाइरहेका ती आमाबाबुको मन कति रोइरहेको होला।जन्मन्दै जीवन र मृत्युसँग संघर्ष गरिरहेका त्यो सानो अवोध बालक अनि उसको जीवन बचाउन दिनरात छट्पटाइरहेका आमाबाबुको अवस्था देख्दा कसको हृदय पग्लिन्दैन होला। सोनादास्थित लोवर रमिते निवासी प्रशान्त छेत्री र प्रीतिका छेत्रीको ६ महिनाको नाबालक छोरा कृशिभ छेत्री गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका छन्। चिकित्सकका अनुसार उनको लिभर प्रत्यारोपण (लिवर ट्रांसप्लांट) गर्न अत्यावश्यक भएको छ।उपचारका लागि लगभग 30 लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ जुन परिवारको लागि एक्लै जुटाउन अत्यन्त कठिन भएकोले प्रभाकर समाज रमितेद्वारा सबै दयालु मनहरू समक्ष आर्थिक सहयोगको हार्दिक अपिल गरिएको छ। प्रभाकर समाज रमितेद्वारा अपिल गरिएको छ, तपाईंहरूको सानो सहयोगले पनि एउटा नानीको जीवन बचाउन ठूलो योगदान पुग्न सक्छ। कृपया सक्दो सहयोग गर्नुहोस् र यो सन्देशलाई बढीभन्दा बढी शेयर गरिदिनुहोस् ताकि सहयोगी हातहरू जोडिन सकून्।’
समाजले सहयोगको अपिल गर्दै सम्पूर्ण शुभेच्छुक, दाता, इष्ट मित्रहरूमा यी अबोध बालकको सहयोग गर्नुभएमा कृपया निम्न बैंकमार्फत् आर्थिक अनुदान पठाउन सक्नु हुन अनुरोध गरिएको छ।
बैंक: १. यूनियन बैंक ऑफ इंडिया
अकाउंट नंबर: ४०३६०२०११००५४२६
आईएफएससी कोड: युबीआईएन०५४०३६६

२. स्टेट बैंक ऑफ इंडिया
अकाउंट नंबर:
४३८३१८४३२८७
आईएफएससी कोड:
एसबीआईएन००१५३१३
जीपे नम्बर:
९८८३७६३९१५
७८६५८७३६८७

About Author

Advertisement