चुनावपछि गोजमुमो अध्यक्ष बिमल गुरुङ अनि सांसद राजु विष्टको भेट

IMG-20260515-WA0121

दार्जीलिङ: दार्जिलिङ पहाड अनि डुवर्सको जनमतलाई सम्मान गर्दै राज्यसत्तामा पाँच जना गोर्खा विधायक पठाउन सफल भएको ऐतिहासिक क्षणपछि गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी अनि दार्जीलिङका सांसद राजु विष्ट आज चुनावपछि पहिलोपल्ट भेट गरेर तिनीहरूले एक-अर्कामा बधाई तथा शुभकामना आदानप्रदान गरे। यसको साथै जनताको विश्वास, समर्थन र आशीर्वादप्रति आभार व्यक्त गरेका छन्। यो जीत केवल कुनै व्यक्ति वा दलको मात्र होइन, सम्पूर्ण गोर्खा जातिको आवाज, अस्तित्व र अधिकारको जीत भएको तिनीहरूले बताए।
आगामी दिनमा पहाड अनि डुवर्सको जनभावनालाई अझ सशक्त रूपमा अघि बढाउँदै जनताको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

About Author

Advertisement