खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको मालुटार चिया बगानमा गोर्खा जनमुक्ति मोर्चा मालुटार खण्ड समिति गठन गरियो। उक्त खण्ड समिति गठनको एक सभा सम्पन्न भएको छ। यस सभा पुस्तक राईको सभाध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा विशेष रुपमा तीनधारे महानदी समष्टि अध्यक्ष ऐतमान राईको उपस्थिति थियो भने सभालाई सन्तोक राईले सञ्चालन गरेका थिए। यसै सभामा गोर्खा जनमुक्ति मोर्चाको मालुटार खण्ड समिति गठन गरिएको छ। उक्त खण्ड समितिमा सभापति सन्तोक राई, उप सभापति बिजय राई र श्यामकुमार राई, सचिव सञ्जय राई, सह सचिव सुवास राई र सुजन राई, कोषाध्यक्ष महेन्द्र राई र राज राई, प्रमुख सल्लाहकारमा कुमार राई, अजय सुब्बा, पुस्कल राई, श्यामकुमार राई लगायत ५१ जनाको कमिटी गठन गरिएको छ। उक्त खण्ड समिति गठन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोजमुमो तीनधारे महानदी समष्टिको सभापति ऐतमान राईले यसपालीको चुनावमा मालुटार बुथ नम्बर २४३ का सम्पूर्ण मतदाताहरुलाई बुथ साथै भाजपा बिधायक सोनम लामालाई जिताएकोमा धन्यवाद ज्ञापन पनि गरेका छन्।










