खरसाङ: गोर्खा जनमुक्ति मोर्चाद्वारा तीनधारे महानदी समष्टिको घैयाबारीमा सांगठनिक सभा साथै पार्टी समर्थन कार्यक्रम सम्पन्न भएको छ। यस क्रममा गोजमुमोका पुराना पदाधिकारीहरु पार्टीमा फर्किन थालेका छन्। पार्टीमा फर्किने क्रममा गोजमुमो घैयाबारीको संयोजक दिप सन्यासीको नेतृत्वमा घैयाबारीको बुथ नम्बर २५७ बाट गोजमुमो घैयाबारी खण्ड समितिको पूर्व सभापति मणिकुमार छेत्री, पूर्व सचिव राजेन खाती लगायत जम्मा ५ घर गोजमुमोमा फर्किएको जानकारी प्राप्त भएको छ। त्यसरी नै सिलिम हिल २५४ बुथबाट देवपाल लामाको अगुवाईमा २० घर परिवारहरु गोजमुमोमा फर्किएका छन्। यस समर्थन सभालाई घैयाबारीका संयोजक दिप सन्यासीको अध्यक्षतामा सम्पन्न भएको छ। यस अवसरमा संयोजक दिप सन्यासी, युवा मोर्चाबाट शेलेन्द्र लोहार, सुरज गहतराज, नारी मोर्चाकी नेतृत्व अञ्चली लामा, अनु राई लगायत अन्य पदाधिकारीहरु पनि उपस्थित रहेका थिए। यस अवसरमा गोजमुमो घैयाबारीको संयोजक दिप सन्यासी र मणिकुमार छेत्रीले सम्बोधन पनि गरेका थिए। दुवैले आफ्नो सम्बोधनमा गोजमुमो अध्यक्ष बिमल गुरुङको नेतृत्वमा गोर्खा जातिको समस्या समाधान हुने आशा व्यक्त गरे। यसको साथै मणिकुमार छेत्रीले भने, हामीले २०१७ मा गोर्खाल्याण्डको निम्ति पार्टीमा खटेको र हाम्रो गोर्खे नेता बिमल गुरुङ बिन्दु हुन्। बिमल गुरुङले हामीलाई सही मार्गमा जानेछन्।’
उनले अघि भने, अब भ्रष्टाचारीहरिलाई सजाय दिनुपर्छ। घैयाबारी क्षेत्रका युवाहरुले काम पाउनुपर्छ।’










