अबको समय एक आपसमा लड्ने होइन तर गोर्खा जातिको समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ: डोनाल्ड गहतराज

IMG-20260514-WA0097

खरसाङ: यसपालीको बंगाल विधानसभा चुनाउमा जनताले राम्रो परिवर्तन ल्याएको र त्यसमा पहाड र तराई डुवर्समा पनि गोर्खा समाजले राम्रो परिणाम दिएको तर अब चुनावपछि के गर्नु पर्ने भन्ने विषयमा एउटा भिडियो जारी गरेर ईण्डियन डेमोक्रेटिक रिपब्लिकन फ्रन्टको महासचिव डोनाल्ड गहतराजले बताएका छन्। उनले दिल्लीबाट एउटा भिडियो जारी गर्दै यसपालीको विधानसभा चुनावमा गोर्खा समाजले आफ्नो समस्या समाधानको लागि सबैजना एकसाथ अघि आएर मतदान गरेर जिताएको भनी बताएका छन्। ईण्डियन डेमोक्रेटिक रिपब्लिकन फ्रन्ट (आईडीआरएफ) को महासचिव डोनाल्ड गहतराजले आफ्नो भिडियोमा भनेका छन्, ‘चुनाउ आयो र गयो पनि तर अब के गर्नु पर्ने? यसपाली जनताले परिवर्तन ल्याएका छन्। विशेष गरेर पहिला गोर्खाहरुको समस्या समाधानको लागि राज्य र केन्द्रलाई भन्नु पर्ने बहाना गरिन्थ्यो तर यसपाली राज्य र केन्द्र दुवैतिर एउटै सरकार भएको छ। पहिला पहिला गोर्खाहरुको आवाज उठाउन सक्ने अवस्था थिएन‌ आवाज बनाइन्थ्यो। कतिवटा कुराहरु उठाउन नसक्ने अवस्था रहेको थियो। तर यसपालीको चुनावमा गोर्खा समाजले राम्रो परिणाम दिएको छ।’ पहाड र तराई डुवर्समा बस्नेहरु मात्र होइन तर बाहिर रहेका गोर्खाहरुले पनि यसपाली जिम्मेवारी बुझेर मतदान गरेर परिवर्तन ल्याएका छन्।’ उनले अघि भने, गोर्खा जातिको समस्या समाधानको लागि र गोर्खा जातिको आकांक्षा पूरा हुने हुने आशामा भोट दिएका छन्। सबैले गोर्खा जातिको समस्या समाधान होस् भनेर सबैले भोट दिएको‌ हो।’
उनले अझ भने, अबको समय एक आपसमा लड्ने होइन तर गोर्खा जातिको समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ। यसपाली पहाडमा तीनजना गोर्खा विधायकहरु र डुवर्समा दुईजना गरेर सातजना निर्वाचित विधायकहरु छन्। अब उनीहरुमाथि जनताको आशा छ।

About Author

Advertisement