रेकर्ड शतकको साथ फर्ममा फर्किएर खुशी विराट कोहली

IMG-20260514-WA0081

रायपुर: लगातार दुईवटा म्याचमा शून्यमा आउट हुँदा विराट कोहलीको क्षमतामाथि प्रश्न उठ्न थालेको थियो तर रायपुरमा उनले ब्याटको साथ आलोचकहरूलाई योग्य जवाफ दिए। कलकत्ता नाइट राइटर्स (केकेआर)-विरुद्ध म्याचमा यस स्टार ब्याटरले अविजित शतकको साथ आफ्नो टीम रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-लाई ६ विकेटले जीत दिलाए। यस जीतको साथ आरसीबी १२ वटा म्याचमा १६ वटा जीतको साथ आईपीएल पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो। कोहलीले आईपीएलमा आफ्नो नवौं शतक बनाए। यसको साथमा उनी एमएस धोनी र रोहित शर्मालाई पछि छोड़दै २७९ म्याचको साथ आईपीएलमा सर्वाधिक म्याच खेल्ने खेलाड़ी पनि बने। म्याचपछि कोहलीले खुलेर आफ्नो भावनाहरू साझा गरे। उनले भने, गत २ वटा म्याचमा रन बनाउन नसक्दा म निराश थिएँ कारण म राम्रो खेल्न सक्छु अनि बललाई असल तरिकाले हिट गर्न सक्छु भन्ने मलाई थाहा छ। आफ्नो ईनिंग्सलाई अघि बढ़ाउन नसक्दा अनि टीमको निम्ति योगदान दिन नसक्दा सदा नराम्रो लाग्छ। म आफूमा निरन्तर सुधार ल्याउन अनि टीमको निम्ति सर्वश्रेष्ठ प्रदर्शन गर्न चाहन्छु। सालौंदेखि यही मेरो लक्ष्य रहेको छ। दुईवटा म्याच चाहेको जस्तो नरहे सामान्य चिन्ता हुन्छ तर त्यसलै नै तपाईंलाई सहायता पनि गर्छ। मेहनत लाग्छ तर त्यसले तपाईंको खेललाई उँचाईमा लैजान्छ। असफलताले नै पुनरागमनको बाटो बनाउँछ।
केकेआर-विरुद्ध म्याचमा कोहलीले ६० बलमा ११ वटा चौका र ३ वटा छक्काको सहायताले अविजित १०५ रन बनाए। यो उनको आईपीएलमा नवौं अनि समग्रमा टी२० प्रारूपमा दशौं शतक हो। यसको साथै उनी टी२०-मा १० वटा शतक बनाउने पहिलो भारतीय बने। टी२०-मा सर्वाधिक शतक बनाउने रेकर्ड क्रिस गेल (२२)-को नाममा रहेको छ। पाकिस्तानका बाबर आजम (१३) दोस्रो स्थानमा रहेका छन्। डेविड वार्नरले पनि १० वटा शतक बनाएका छन्। यसबाहेक कोहलीले सबैभन्दा तेज १४,००० टी२० रन बनाउने पनि रेकर्ड बनाए। कोहलीले ४२० वटा ईनिंग्समा यस उपलब्धिलाई हासिल गरी गेलको रेकर्ड तोड़े। गेलले ४२३ वटा ईनिंग्समा १४,००० टी२० रन बनाएका थिए। कोहली आईपीएलमा सर्वाधिक शतक बनाउने ब्याटर हुन्। यस सूचीमा जोस बटलर ७ वटा शतकको साथ दोस्रो स्थानमा छन्। कोहलीले आईपीएलमा २७९ वटा म्याच खेलिसकेका छन्। उनले धोनी र रोहितलाई पछि छोड़ेका छन्, जसले २७८-२७८ वटा म्याच खेलेका छन्।

About Author

Advertisement