माटोका कवि जीवन थीङज्यूको शालिक अनावरण सम्पन्न, मुख्यमन्त्रीद्वारा बधाई तथा सम्मान व्यक्त‎

FB_IMG_1778705750118

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले माटोका कविका रूपमा परिचित लोकप्रिय कवि स्वर्गीय जीवन थीङज्यूको शालिक अनावरण कार्यक्रम सम्पन्न भएको अवसरमा सिक्किम तामाङ बौद्ध संघ, आयोजक समिति तथा परिवारजनप्रति हार्दिक बधाई एवं अभिनन्दन व्यक्त गर्नुभएको छ।
‎मुख्यमन्त्री तामाङले उक्त कार्यमा संलग्न सम्पूर्ण संघसंस्था, संगठन तथा प्रतिनिधि महानुभावहरूलाई पनि हार्दिक बधाई तथा आभार प्रकट गर्नुभएको छ। उहाँले स्वर्गीय कवि जीवन थीङज्यू नेपाली साहित्यका आत्मीय र जनप्रिय स्रष्टाका रूपमा परिचित रहेको उल्लेख गर्दै अल्पायुमै उहाँले नेपाली साहित्यमा अमिट योगदान पुर्‍याएको बताउनुभयो।
‎मुख्यमन्त्रीले कवि थीङज्यूका सिर्जनाहरूले मातृभूमिप्रतिको प्रेम, सामाजिक चेतना तथा सांस्कृतिक पहिचानलाई सशक्त रूपमा अभिव्यक्त गरेको उल्लेख गर्नुभयो। उहाँका रचनाहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै साहित्यप्रेमीहरूलाई निरन्तर प्रेरणा प्रदान गरिरहेको पनि उहाँले बताउनुभयो।
‎उहाँले कवि जीवन थीङज्यूको शालिक अनावरण केवल एक साहित्यकारप्रतिको सम्मान मात्र नभई सिक्किमको साहित्यिक तथा सांस्कृतिक गौरवको सम्मान भएको धारणा व्यक्त गर्नुभयो। उहाँका कालजयी शब्दहरूले भावी पुस्तालाई दीर्घकालसम्म प्रेरित गरिरहने विश्वास पनि मुख्यमन्त्रीले व्यक्त गर्नुभएको छ।
‎मुख्यमन्त्री तामाङले सम्बन्धित सबै पक्षलाई पुनः हार्दिक बधाई तथा आभार व्यक्त गर्दै स्वर्गीय कवि जीवन थीङज्यूको योगदान सदैव स्मरणीय रहने बताउनुभएको छ।

About Author

Advertisement