बेङडुबी सेना छाउनीमा संदिग्ध बङ्गलादेशी युवक पक्राउ

Screenshot_20260514_014218_YouTube

बागडोगरा: बागडोगराको बेङडुबी सेना छाउनीमा एक जना संदिग्ध बङ्गलादेशी युवकलाई सुरक्षा बलले पक्राउ गरेको छ। पक्राउ परेका युवकको नाम कौशिक विश्वास भएको बताइएको छ।
‎सूत्रका अनुसार, छाउनीभित्र रेल्वे वागनमा प्रवेश गर्ने प्रयास गरिरहेको अवस्थामा सेनाको द्रुत प्रतिक्रिया टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा उनका बयानहरूमा असंगति देखिएको थियो। त्यसपछि उनलाई बागडोगरा प्रहरीलाई बुझाइएको र पुलिसले उनलाई पक्राउ गरेको हो।
‎प्रारम्भिक अनुसन्धानमा यति कडा सुरक्षा हुँदाहुँदै पनि उनी प्रतिबन्धित क्षेत्रमा कसरी प्रवेश गरे भन्ने विषयमा सेनाको गुप्तचर निकायले अनुसन्धान सुरु गरेको छ।
‎उल्लेखनीय छ कि यसअघि पनि बेङडुबी सेना छाउनी क्षेत्रबाट धेरै बङ्गलादेशी नागरिकहरू पक्राउ परिसकेका छन्।
‎पक्राउ परेका व्यक्तिलाई बुधबार अदालतमा पेश गरिनेछ र घटनाको अनुसन्धान जारी रहेको छ।

About Author

Advertisement