खरसाङ: भारतीय जनता पार्टी खरसाङ विधानसभा क्षेत्रको पक्षबाट खरसाङको एसबी डे सेनोटोरियम अस्पतालमा अन्तर्राष्ट्रिय नर्सेस डे को उपलक्ष्यमा केक काटेर नरसेस डे मनाइयो। यस कार्यक्रममा सांसद राजु बिष्ट, जिल्ला अध्यक्ष सञ्जीव लामा साथै नयाँ विधायक सोनाम लामाको पक्षबाट सबै नर्सहरूलाई बधाई अनि शुभकामना दिइएको जानकारी पनि गराइयो। यस अवसरमा सिनियर नर्स पुनम गुप्तले फ्लोरेन्स नाइटिँगेलको विषयमा संक्षिप्त जानकारी गराइन् साथै अस्पतालको समस्याबारे पनि चर्चा गरिन् औ यी समस्याहरू समाधान गर्न विधायक समक्ष कुरा राखिदिने आग्रह पनि गरिन्। कार्यक्रममा खरसाङ बीजेपीको पक्षबाट जिल्ला सदस्य राजेश गजमेर, वरिष्ट सदस्य दिलेश्वर पटेल, चिम्नी देउराली मण्डलका पूर्व अध्यक्ष बिकास लामा साथै रोशन गुरुङ, दिपक राई, यशवन्त गजमेर, सुजन गुरुङ, रुपेन गुरुङ उपस्थित थिए। यस अवधि नवनिर्वाचित विधायक सोनाम लामाद्वारा प्रदान गरिएको केक वितरण गर्दै अस्पतालको समस्याबारे तिनलाई जानकारी गराइदिने आश्वासन पनि दिए।










