गान्तोक। सिक्किम स्पोर्टीङ क्लाम्बिङ एसोसिएशनको आयोजनमा आज वाइट हल कम्पलेक्समा पहिलो अन्तर विद्यालय आर्टीफिसियल क्लाइम्बिङ (बुलडोरीङ) प्रतियोगिता सम्पन्न भयो। आजको कार्यक्रममा मुख्य अतिथिको रुपमा मन्त्री भीमहाङ सुब्बा मुख्य अतिथिको रुपमा उपस्थित थिए भने खेलकुद तथा युवा मामिला विभागीय सचिव राजु बस्नेत विशिष्ठ अतिथिको रुपमा उपस्थित थिए। सिक्किम स्पोर्टीङ क्लाम्बिङ एसोसिएशनका अध्यक्ष कुञ्जाङ ग्याछो भुटियाले सिक्किममा केही वर्षदेखि एडभेञ्चर स्पोर्टीङको विकास भइरहेको जानकारी गराउँदै यो खेलको विदा फस्टाउने अझ धेरै सम्भावना रहेको पनि नले जानकारी गराए। विद्यार्थीहरूलाई खेलको यस्तो विदामा प्रोत्साहित गरेर विद्यार्थीहरूको निम्ति यस्तो प्रतियोगिता आयोजन गरेकोमा आफ्नो तथा सरकारको तर्फबाट एसोसिएशनलाई बधाई तथा शुभकामना व्यक्त गरे। यो खेल विदालाई अझ धेरै बढ़ाएर लैजानको निम्ति सरकारपक्षबाट सहयोग पुऱ्याउने प्रतिबद्धता व्यक्त गरे।