पेम्बा रिम्पोर्छे पितृ शोकमा

photocollage_20221015213643828.jpg

खरसाङ: बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे पितृ शोकमा परेका छन्। धर्मगुरु पेम्बा रिम्पोर्छेको पिता टिकाराम लामाको आज बिहान ८६ वर्षको उमेरमा खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको अप्पर सिमरिङस्थित निजी वासस्थानमा ८६ वर्षको उमेरमा निधन भएको छ। आज दिउँसो उनको निधन भएको जानकारी प्राप्त भएको छ। पेम्बा रिम्पोर्छेको पिता टिकाराम लामाले आफूपछि पत्नी, तीनजना छोरा-बुहारीहरु अनि एक छोरी र नाता-नातिनीहरु छोडेर गएका छन्। उनी सिमरिङ प्राथमिक पाठशालाको भूतपूर्व शिक्षक पनि थिए। स्थानीय मानिसहरुलाई शैक्षिक सेवा पनि प्रदान गरेका थिए। उनको अन्तिम संस्कार आइतबारको दिन अप्पर सिमरिङमा गरिने जानकारी उनका सुपुत्र पेम्बा रिम्पोर्छेले दिएका छन्।

About Author

Advertisement