नाम्चीमा एक दिवसीय जिल्लास्तरीय युवा उत्सव आयोजित

IMG-20221015-WA0310.jpg

गान्तोक: नाम्चीस्थित किसान बजारमा एक दिवसीय जिल्लास्तरीय युवा उत्सव सम्पन्न भयो। नेहरू युवा केन्द्र नाम्ची र भारत सरकारको युवा मामिला एवम खेलकूद मन्त्रालयद्वारा आयोजित एक दिवसीय युवा उत्सव कार्यक्रममा मुख्य अतिथिकोरूपमा लोकसभा सांसद इन्द्र हाङ सुब्बा रहेका थिए भने विशिष्ट अतिथिमा विधायक राज कुमारी थापा रहेकी थिइन्। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य राज्यका युवा शक्तिको भावनामा “आजादी का अमृत महोत्सव” मनाउने र विज्ञहरूको मार्गदर्शनमा देशका युवा कलाकार, लेखक, फोटोग्राफर र वक्ताहरूको भाइचारा गठन गर्नु रहेको छ। कार्यक्रममा स्रोतवक्ताकोरूपमा एसआइआरडीका निर्देशक बिशाल मुखिया, संगिता दाहाल, अभिनम मंगर अञ्जली योगी र सञ्जय राई रहेका थिए।

यस अवसरमा सहभागीहरूलाई प्रमाण पत्र पनि प्रदान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि लोकसभा सांसद इन्द्र हाङ सुब्बाले यस प्रकारको युवाहरूलाई मञ्च प्रदान गर्ने कार्यक्रम आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिए। उनले थप जानकारी गराए अनुसार आगामी २०४७ मा देश स्वाधीन भएको एक सय वर्ष पुग्नेछ छ त्यतिबेलासम्म देशका युवाहरूले आफ्नो जिम्मेवारी बोध गराउनको निम्ति हाल देशको आजादी का अमृत महोत्सव मनाइरहेको छ।

About Author

Advertisement