खरसाङ: गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा अन्तर्गत गाडीधुरा ब्लक कमिटी र दुधे ब्लक कमिटी गठन गरिएको छ। गोजमुमो गाडीधुरा ब्लक कमिटीमा सभापति राजु छेत्री, उपाध्यक्ष अर्जुन सिंह, सचिव महेन्द्र छेत्री, सह सचिव सजिन गुरुङ, कोषाध्यक्ष रबि छेत्री, प्रमुख सल्लाहकार अनिल लकान्द्री लगायत १४ जनाको कार्यकारी सदस्यहरू चयन गरिएको छ। यसको साथै गाडीधुरा ब्लक कमिटी गठनको लागि पार्वती छेत्रीलाई नारी मोर्चाको संयोजक चयन गरिएको छ। यसको साथै खरसाङ महकुमा समिति अन्तर्गत दुधेमा पनि ब्लक कमिटी गठन गरिएको छ। उक्त ब्लक कमिटी गठनको लागि गोजमुमो केन्द्रीय उपाध्यक्ष प्रदीप प्रधानको पहलमा अनि बिजय प्रधानको अध्यक्षतामा सभा सम्पन्न भएको छ।

यसै सभामा गोजमुमो दुधे ब्लक कमिटी गठन गरिएको छ। उक्त दुधे ब्लक कमिटीमा सभापति सोनाम लोहार, उपाध्यक्ष प्रवीण तामाङ, सचिव सत्यम तामाङ, सह सचिव कुन्दन चौधरी, कोषाध्यक्ष श्रवण गुप्ता, प्रमुख सल्लाहकारमा बिजय प्रधान, सन्तु कार्की, दिवांश लिम्बु लगायत कार्यकारी सदस्यहरु चयन गरिएको गोजमुमो खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद योगेन्द्र राईले जानकारी दिएका छन्।











