गोचेला अल्ट्रा ट्रेल रनमा पासाङ लामु शेर्पालाई तेस्रो

photocollage_2026511194250686

सोनादा: गोचेला अल्ट्रा ट्रेल रनमा पासाङ लामु शेर्पालाई तेस्रो होराइजन रनर्स घुमद्वारा बधाई दिइएको छ।
होराइजन रनर्स, घुमले एक्लो घर, जोरबङ्लो निवासी पासाङ लामु शेर्पालाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। सिक्किमको योक्सममा सम्पन्न ३० किलोमिटर गोचेला अल्ट्रा ट्रेल रनको दोस्रो संस्करणमा पासाङ लामु शेर्पाले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरिन्। यो प्रतियोगिता भारतका सबैभन्दा चुनौतीपूर्ण ट्रेल रनमध्ये एक मानिन्छ। होराइजन रनर्सले भविष्यमा उनका दौड–प्रदर्शन अझ सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

About Author

Advertisement