शिक्षा क्षेत्रमा दिइएको बहुमूल्य योगदानको लागि नाम्ची निवासी शिक्षिका अनु नैवेद्य राई मानार्थ डाक्टरेटको उपाधिले सम्मानित

IMG-20260510-WA0067

नाम्ची: शिक्षा क्षेत्रमा दिइएको बहुमूल्य योगदानको लागि नाम्चीको बुमटार निवासी एंव नाम्चीस्थित गर्ल्स सिनियर सेकेण्डरी विद्यालयकी शिक्षिका अनु नैवेद्य राईलाई मानार्थ डाक्टरेटको उपाधिले सम्मानित गरिएको छ। दक्षिण सिक्किमको नाम्चीमा रहेको डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीको नवौं दीक्षान्त समारोहमा उनलाई उक्त मानार्थ डाक्टरेटको उपाधिले सम्मान जनाइएको छ। यस अवसरमा उनलाई डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीको कूलपति डा एमके राईको बाहुलीबाट उक्त मानार्थ डाक्टरेटको उपाधिले सम्मानित गरिएको छ। उनीसितै साहित्यमा सिलगढीका मुक्तिप्रसाद उपाद्यय, सम्पादक वीरभद्र कार्कीढोलीलाई खरसाङ निवासी छिमी ओङ्मु लामालाई पनि शिक्षामा मानार्थ डाक्टरेटको उपाधिले सम्मानित गरिएको छ। शिक्षा क्षेत्रमा मानार्थ डाक्टरेटको उपाधिले सम्मानित भएपछि शिक्षिका अनु नैवेद्य राईले यस अवसरको लागि डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीको कूलपति डा एमके राई लगायत टिमलाई नै धन्यवाद दिएकी छन्। यस डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीको नवौं दीक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा सिक्किम सरकारको शहरी विकास तथा खाद्य आपूर्ति विभागका मन्त्री भोजराज राई उपस्थित रहेका थिए। कार्यक्रमलाई युनिभर्सिटीको प्राचार्य डा रजनी राईले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण डा हेमराज सुब्बाले राखेका थिए। कार्यक्रममा वक्ताको रूपमा नागाल्याण्डबाट उपस्थित डा किपफेली अंगामी, प्रमुख अतिथिको रूपमा उपस्थित मन्त्री भोजराज राई र कूलपति डा एमके राईले वक्तव्य राखेका थिए। उल्लेखनीय छ शिक्षिका अनु नैवेद्य राई गणित विषयका शिक्षिकाको रुपमा विगत २५ वर्षदेखि वरिष्ठ शिक्षिकाको रूपमा कार्य गर्दै आईरहेकी छन् भने उनी वरिष्ठ साहित्यकार प्रेम थुलुङकी सुपुत्री पनि हुन्। उनी गणित विषयका स्रोत शिक्षिकाको रुपमा कार्य गर्दै आईरहेकी छन् भने गणित विषयका लागि सिक्किम सरकारका लागि पाठ्यक्रम लेखनका पनि सक्रिय सदस्या हुन्। शिक्षिका अनु नैवेद्य राईले गणित विषयका विद्यार्थीहरुलाई सजिलो होस् भनेर नौलो र सजिलो पध्दतिमा शिक्षा प्रदान गर्दै आइरहेकी छन्। उनले यस विभिन्न नयाँ तक्निकी पध्दतिमा गणित विषयका विद्यार्थीहरुलाई सजिलो हुने प्रकारले शिक्षा प्रदान गर्ने गर्दै आएको जानकारी प्राप्त भएको छ। उनले गत कोविडको समयमा गणित विषयका शिक्षक शिक्षिकाहरुका लागि अनलाइन क्लास पनि गराएकी थिइन्।‌ उनलाई उनको बहुमुल्य योगदानको लागि २०२५ मा शिक्षा विभाग सिक्किम सरकारले स्टेट अवार्डद्वारा सम्मानित गरिएको थियो। उनको शिक्षा क्षेत्रमा दिइएको बहुमूल्य योगदानको लागि नाम्चीस्थित डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीको नवौं दीक्षान्त समारोहमा शिक्षा क्षेत्रमा मानार्थ डाक्टरेटको उपाधिले सम्मानित गरिएको छ।

About Author

Advertisement