नयाँ दिल्ली: भारतीय महिला रिकर्व टीमले चीनको शंघाईमा जारी धनुकाँड़ (आर्चरी) वर्ल्ड कप २०२६-को दोस्रो चरणमा असाधारण प्रदर्शन गर्दै स्वर्ण पदक जित्यो। दीपिका कुमारी, अंकिता भकत र कुमकुम मोहोदकी टीमले रोमाञ्चक फाइनलमा आयोजक चीनलाई शूट-अफ्-मा ५-४ (२८-२६)-ले पराजित गरी स्वर्ण पदक हासिल गऱ्यो। फाइनल चरम रोमाञ्चक रह्यो। भारतले पहिलो सेट ५४-५३-ले जितेर असल शुरुवात गऱ्यो। चीनले पनि असाधारण पुनरागमन गर्दै दोस्रो सेट ५५-५२-ले जितेर फाइनलमा बराबरी हासिल गऱ्यो। त्यसपछि चीनले तेस्रो सेट ५७-५६-ले जितेर बढ़त हासिल गरे पनि भारतीय टीमले दबाउमा असाधारण पुनरागमन गर्दै चौथो सेट जितेर बराबरी हासिल गर्दा मामिला शूट-अफ्-सम्म पुग्यो। निर्णायक शूट-अफ्-मा भारतीय खेलाड़ीहरूले असाधारण संयम देखाइन्। अंकिताले ९ पोइण्ट्स हासिल गरिन् जबकि १७ वर्षीय कुमकुमले उत्कृष्ट प्रदर्शन गर्दै १०-को स्कोर गरिन्। त्यसपछि जीतको निम्ति भारतलाई ८ पोइण्ट्सको आवश्यकता थियो अनि अनुभवी दीपिकाले दबाउबीच ९ पोइण्ट्स हासिल गरी भारतलाई यादगार जीत दिलाइन्। यो भारतको २०२१ पछि महिला रिकर्व टीम स्पर्धामा पहिलो वर्ल्ड कप स्वर्ण पदक हो।
भारतीय टीमले सेमिफाइनलमा ठूलो उलटफेर गर्दै १० पल्टको ओलम्पिक च्याम्पियन दक्षिण कोरियालाई पराजित गरेको थियो। फाइनलमा चीन जस्तो मजबूत टीमलाई उनीहरूका घरेलु दर्शकहरू अघि पराजित गर्नुलाई भारतीय टीमको निम्ति ठूलो उपलब्धि मानिएको छ। राष्ट्रिय कोचको नियुक्तिलाई लिएर जारी विवादहरूबीच भारतीय टीम पूर्णकालिक कोच बिना टुर्नामेण्टमा ओर्लिएको थियो। यस्तो स्थितिमा अनुभवी दीपिका कुमारीले टीमको नेतृत्व सम्हालिन् अनि युवा खेलाड़ीहरूको हौसला बढ़ाइन्। दीपिकालले २०१०-देखि अहिलेसम्म ७ वटा वर्ल्ड कप टीम स्वर्ण पदक जितिसकेकी छन्। उनी २०२१-मा ग्वाटेमाला सिटी र पेरिसमा स्वर्ण पदक जित्ने भारतीय टीमको पनि हिस्सा थिइन्। शंघाई वर्ल्ड कपमा भारतको यो दोस्रो पदक हो। यसअघि कम्पाउण्ड धनुर्धर साहिल जाधवले काँस्य पदकको साथ भारतको खाता खोलेका थिए। यसरी रिकर्व धनुर्धर सिमरनजीत कौरसंग पनि पदक जित्ने मौका रहेको छ। उनले आफ्नो सेमिफाइनल म्याचमा जीत हासिल गर्नु पर्नेछ।











