खरसाङ नगरपालिकाको बोर्ड खारेज गर्ने माग लगायत विभिन्न भ्रष्टाचारको विरोधमा गोजमुमोद्वारा महकुमा शासकलाई ज्ञापन पत्र

IMG-20260508-WA0070

खरसाङ: गोर्खा जनमुक्ति मोर्चाद्वारा बंगाल सरकारले गैर कानुनी रुपमा नियुक्त गरिएको खरसाङ नगरपालिकाको बोर्ड खारेज गर्नु पर्ने मांगसहित विभिन्न विषयहरुमा खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाएका छन्। खरसाङ नगरपालिकाको बोर्ड खारेज हुनुपर्ने र खरसाङ महकुमा शासकले चार्च लिनु पर्ने माग राखेका छन्। यसको साथै उक्त ज्ञापन पत्रमा खरसाङ नगरपालिका क्षेत्रमा भएको विभिन्न भ्रष्टाचारको सही जाँच भएर कार्वाही गरिनु पर्ने, नगरपालिका क्षेत्रमा गैर कानुनी रुपमा दोकानहरु कसरी निर्माण भयो साथै मनोपली रुपमा भ्रष्टाचार गरेर गरिएको कामको जाँच हुनु पर्ने माग राखेका छन्‌। यसको साथै नगरपालिका क्षेत्रमा अवकाशप्राप्त कर्मचारीहरुले पीएफ, ग्राजुएटी, पेन्शन झट्टै पाउनु पर्ने अनि यसमाथि भएको भ्रष्टाचारको सही जाँच भएर दोषीहरुमाथि कानुनी कार्वाही हुनु पर्ने माग राखेका छन्। उक्त ज्ञापन पत्र बुझाउन अघि गोर्खा जनमुक्ति मोर्चाको टोलीले खरसाङको मोटर स्ट्याण्डबाट एउटा ऱ्यालीको साथमा खरसाङ महकुमा शासकको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका छन्। खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाउने गोर्खा जनमुक्ति मोर्चाको टोलीमा केन्द्री सह सचिव बिमल दर्जी, प्रदीप प्रधान, खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद योगेन्द्र राई, सचिव रोहित स्याङ्बो, नारी मोर्चा महकुमा सभापति शान्ति राई, युवा मोर्चाको खरसाङ महकुमा समितिको सभापति सत्यवान् छेत्री, केन्द्री सदस्य योगराज प्रधान लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। उक्त ज्ञापन पत्र बुझाएपछि बाहिर आएर पत्रकारहरुसित कुराकानी गर्दै गोजमुमो खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद योगेन्द्र राईले बंगाल सरकारले गैर कानुनी रुपमा नियुक्त गरिएको खरसाङ नगरपालिकाको बोर्ड खारेज गर्नु पर्ने मांगसहित विभिन्न विषयहरुमा खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाएको बताएका छन्। उनले भने, खरसाङ नगरपालिकाको बोर्ड खारेज हुनुपर्ने र गैर कानुनी रुपमा नियुक्त गरिएको चेयरम्यान र भाइस चेयरम्यानलाई तत्काल नै हटाउनु पर्ने र नगरपालिकालाई खरसाङ महकुमा शासकले लिनु पर्ने माग गरेका छौँ।’
योगेन्द्र राईले अघि भने, कुनै विज्ञापनबिना नै खरसाङको सुपर मार्केटमा रहेको दोकानहरु बिक्री भएको र यसमा धेरै घोटाला भएको छ। डस्टबीनहरु पनि विभिन्न मानिसहरुलाई बिक्री गरेको छ जसको सबुत हाम्रोमा छ। तर यो सबै जनताको सम्पत्ति हो। यसको साथै गैर कानुनी रुपमा बिल्डिङहरु पनि बनिएको छ भने धेरै मात्रामा घोटाला भएको छ। यो सबैको झट्टै जाँच हुनुपर्छ र दोषीहरुलाई कडा कारबाही गरेर जेल पठाउनुपर्छ।’

राईले अझ भने, खरसाङ नगरपालिकाको अवकाशप्राप्त कर्मचारीहरुले झट्टै पेन्सन, पीएफ, ग्राजुएटी, पाउनुपर्छ।’
योगेन्द्र राईले बताए अनुसार महकुमा शासकले गोजमुमोको ज्ञापन पत्रलाई उच्च स्तरमा पठाईदिने आश्वासन दिएको जानकारी गराएका छन्। उनले अब जनताले न्याय पाउने आशा छ। भ्रष्टाचारमुक्त खरसाङ बनाउन हामी अघि आउनु पर्ने आह्वान् गरेका छन्।

About Author

Advertisement