मिचेल मार्शको शतकले लगातार हारको क्रम तोड़न सफल एलएसजी

photocollage_20265813750326

लखनऊ: आईपीएल २०२६-को ५०औं म्याचमा लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-ले रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-लाई डकवर्थ लुईस पद्धतिद्वारा ९ रनले पराजित गऱ्यो। बिहीवार एकाना स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै एलएसजी-को ईनिंग्समा वर्षाले बारम्बार वाधा पुऱ्याउँदा म्याच १९-१९ ओभरको गरियो। एलएसजी-ले १९ ओभरमा ३ विकेट गुमाएर २०९ रनको मजबूत स्कोर बनायो। आयोजक टीमबाट ओपनर मिचेल मार्शले शतक बनाए। उनले ५६ बलमा ९ वटा छक्का र त्यति नै चौकाको सहायताले १११ रन बनाए। यसबाहेक कप्तान रिषभ पन्तले ४ वटा चौका र २ वटा छक्काको साथ १० बलमा अविजित ३२ रन बनाए। निकोलस पूरनले ३८ रनको योगदान दिए। त्यसपछि आरसीबी-लाई म्याच जित्न १९ ओभरमा २१३ रन बनाउने संशोधित लक्ष्य हासिल भयो तर टीमले १९ ओभरमा ६ विकेट गुमाएर २०३ रन मात्र बनाउन सक्यो। कप्तान रजत पाटीदारले सर्वाधिक ६१ रन बनाए। उनले ३१ बल खेलेर ६ वटा छक्का र ३ वटा चौका लगाए। यसबाहेक टिम डेविडले १७ बलमा ४ वटा चौका र ३ वटा छक्काको सहायताले ४० रन बनाए। यी दुई बाहेक देवदत्त पडिक्कलले ३४, क्रुणाल पाण्ड्याले अविजित २८ र रोमारियो शेफर्डले अविजित २३ रनको योगदान दिए। एलएसजी-का बलरहरूमा प्रिन्स यादवले सर्वाधिक ३ विकेट लिए। यस जीतको साथ एलएसजी-ले प्लेअफ्-मा पुग्ने झिनो भए पनि सम्भावनाहरूलाई जीवित राख्यो। रिषभ पन्तको कप्तानीमा रहने टीम अहिले १० वटा म्याचमा ६ पोइण्ट्सको साथ १०औं तथा अन्तिम स्थानमा रहेको छ। यसरी आरसीबी १२ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहन पुग्यो।

About Author

Advertisement