नयाँ दिल्ली: ओलम्पियन विनेश फोगाटलाई रेसलिंग फेडरेशन अफ इण्डिया (डब्ल्यूएफआई)-द्वारा घोषित मानदण्डहरू अनुसार बुधवार एशियन गेम्स २०२६-को चयन ट्रायलको निम्ति अयोग्य घोषित गरियो। फेडरेशनले चयन ट्रायलको निम्ति पात्रता तीन घरेलु प्रतियोगिताहरू-२०२५ सीनियर नेशनल कुश्ती च्याम्पियनशीप, २०२६ सीनियर फेडरेशन कप र अण्डर-२० राष्ट्रिय कुश्ती च्याम्पियनशीपको पदक विजेताहरूसम्म सीमित रहने जानकारी दिएको छ। विनेशले यसमा कुनै पनि प्रतियोगितामा हिस्सा लिइनन् कारण उनी पेरिस ओलम्पिकदेखि नै खेलदेखि बाहिर रहेका थिइन्। यसैकारण पात्रता मानदण्डहरूलाई पूरा गर्न सकिनन्। विनेशले पेरिस ओलम्पिकको लगत्तै पछि कुश्तीबाट सन्न्यास लिएकी थिइन् तर गत वर्ष दिसम्बरमा उनले खेलमा फर्किने फसेला गरेकी थिइन्। विनेशले हालै उत्तर प्रदेशमा १०-देखि १२ मईसम्म हुने नेशनल ओपन ऱ्याङकिंग टुर्नामेण्टमा हिस्सा लिने घोषणा गरेकी थिइन्। फेडरेशनले एशियन गेम्सको चयन ट्रायल यस महिनाको अन्तमा दुई दिनमा आयोजित गर्ने फसेला गरेको छ। महिला कुश्तीको चयन ट्रायल ३० मईमा नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा हुनेछ जबकि पुरुषहरूका फ्रीस्टाइल र ग्रीको-रोमन प्रतियोगिताहरू ३१ मईमा लखनऊको क्षेत्रीय केन्द्रमा हुनेछ।








