किशोर रोबिन्हो जूनियरलाई थप्पड़ हिर्काउने नेमारले मागे माफी

IMG-20260507-WA0083

रियो डी जेनेरियो: स्टार फूटबलर नेमारले आफ्नो क्लब सेण्टोसका साथी खेलाड़ी रोबिन्हो जूनियरलाई अभ्यास सत्रको अवधि थप्पड़ हिर्काएको घटनालाई लिएर माफी मागेका छन्। नेमारले बताएअनुसार, उनले सीमा पार गरेका थिए। आइतवार क्लबको अभ्यास सत्रको अवधि नेमारले अनुहारमा थप्पड़ हिर्काएको १८ वर्षीय फरवर्डले आरोप लगाएका थिए। घटना त्यस समय भएको थियो जब किशोरले फूटबलर ३४ वर्षीय नेमारलाई ड्रिबल गर्दै पछि छोड़ेका थिए। नेमारले बताएअनुसार, उनले रोबिन्हो जूनियरसँग कुरा गरिसकेका छन् अनि पेले ट्रेनिंग सेण्टरमा भएको घटना सम्पूर्ण रूपले समाप्त भइसकेको छ। नेमारले भने, मैले रिसको झोंकमा सीमा पार गरे। तपाईंहरू मीडिया अघि माफी मागेको हेर्न चाहनु हुन्छ भने म माफी पनि माग्छु। मैले त्यस्तो गर्नु हुने थिएन। गल्ती सबैबाट हुन्छ अनि त्यस घटनाले गर्दा म लज्जित छु। रोबिन्हो जूनियर मेरो मनपर्ने युवा फूटबलर हुन् तर फूटबलमा यस्तो हुन्छ। कहिले-काहीँ आफ्नै साथी, आफ्नै भाईसँग पनि बहस हुन्छ। यो फूटबल खेलको एउटा हिस्सा हो। उल्लेखनीय छ, नेमार ब्राजीलको निम्ति सर्वाधिक (७९ वटा) अन्तर्राष्ट्रिय गोल गर्ने खेलाड़ी हुन्। बार्सिलोना र पेरिस सेण्ट जर्मेनका पूर्व फूटबलरले मंगलवार कोपा सुदामेरिकानामा रिकोलेटाविरुद्ध १-१-ले ड्र रहेको म्याचमा गोल गरेपछि खुशीयाली मनाउँदै रोबिन्हो जूनियरलाई अंगालो पनि हालेका थिए। रोबिन्हो जूनियरका पिता रोबिन्होसँग नेमारले ब्राजीलको निम्ति धेरैवटा म्याच खेलिसकेका छन्। रोबिन्हो म्यानचेष्टर सिटी र रियल म्याड्रिडका पूर्व फूटबलर हुन्।

About Author

Advertisement