मेगा फूटबल टुर्नामेण्टः कालेबुङ पुलिसको एकतर्फी जीत

IMG_20221015_185652.jpg

१५ अक्टोबरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा कालेबुङ पुलिसले सजिलै जीत हासिल गऱ्यो। बाग्राकोट टी गार्डनको भानु मैदानमा आज भएको म्याचमा कालेबुङ पुलिसले तोर्सा स्पोर्टिंग क्लबलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट डेण्डुप भूटियाले २ गोल गरे। डेण्डुप भूटियालाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार खेलिने म्याचमा बुड़ीखोला सत्य ज्योति संघ र किलकोटबीच भिड़न्त हुनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल ८ र १० नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १३ नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजीत खड़काले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement