राजाभातखावामा तृणमूल कङ्ग्रेसको विजय सम्मेलन

7d49af99-40af-4ca9-9d7e-a7dd98d69874

कालचिनी – दुर्गा पूजा उत्सव बितेर गएकोले प्रत्येक बर्ष सरह यसपाली पनि तृणमूल कङ्ग्रेसद्वारा विजय सम्मेलनमार्फत पार्टीका कर्मी र नेताहरूलाई शारदीय शुभेच्छा प्रदान गर्ने क्रममा आज तृणमूल कालचिनी ब्लक कमिटीको आयोजनामा राजाभातखावामा विजया सम्मेलनी सम्पन्न गरेको जानकारी तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराउँले जनाएका छन्। आज उक्त अवसरमा कालचिनी खण्डको विभिन्न अञ्चल कमिटीको नेता कर्मीहरूको बाक्लो उपस्थितिमा विजय सम्मेलन कार्यक्रम सम्पन्न भएको थियो।

उक्त अवसरमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाइक लगायत तृणमूल महिला कङ्ग्रेसको उपाध्यक्ष तथा भूतपूर्व राज्यसभा सांसद अर्पिता घोष, जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा, तृणमूल युवा कङ्ग्रेसका अलिपुरद्वार जिल्ला सभापति राजकमल भगत, अलिपुरद्वार नगरपालिकाको चेयरम्यान बाबलु कर एवम् अन्यान्य विशिष्ट नेतृत्वहरूको उपस्थिति रहेको थियो।

विजय सम्मेलनको उपलक्ष्यमा पार्टीले प्रत्येक बुथ स्तरका दुइ दुइजना कर्मीहरूलाई सम्वर्द्धना प्रदान गरेको थियो भने यसै अवसरमा नै केही दिनभित्रै प्रत्येक अञ्चल कमिटीको पुनर्गठन हुने र त्यस मुताबिक बुथहरूमा दह्रो कमिटी गठन गरिने आह्वान तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाइक र कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराउँले गरेका थिए। मूलतः दुर्गा पूजा उत्सव पश्चात राज्यभरि नै यो विजय सम्मेलन मार्फत राज्यको विकासको चर्चा हुने गरेको बताउँदै राज्यको ४६ हजार दुर्गा पूजा कमिटीहरूलाई ६० हजार गरेर अनुदान दिएको र विश्व हेरिटेजमा दुर्गा पूजाको नाम दर्ता भएको र विजया सम्मेलनी मार्फत राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले भइरहेको विकास वार्तालाई सम्प्रेषण गर्ने जिल्ला सभापति प्रकासचीक बडाइकले थप जनाएका छन्।

About Author

Advertisement