खरसाङमा १५ परिवारहरुद्वारा गोजमुमोमा समर्थन

IMG-20260507-WA0073

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको आयोजनामा खरसाङमा समर्थन सभा सम्पन्न भएको छ। उक्त समर्थन सभालाई गोजमुमो केन्द्रीय सह सचिव बिमल दर्जीको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई गोजमुमो खरसाङ महकुमा समितिको सह सचिव विकास तिरुवाले सञ्चालन गरेका थिए। सभालाई खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद योगेन्द्र राई, महकुमा सचिव रोहित स्याङ्बो र नारी मोर्चा खरसाङ महकुमा समितिकी सभापति शान्ति राईले वक्तव्य राखेका थिए। यसै समर्थन सभामा खरसाङ नगरपालिकाको वार्ड नम्बर ८, ९, ११ र १३ क्षेत्रबाट १५ परिवारहरुले गोर्खा जनमुक्ति मोर्चाको झण्डा ग्रहण गरेर पार्टीमा सामेल भएका छन्।

About Author

Advertisement