मुख्य प्रशिक्षक बिना नै खेल्न वाध्य भारतीय धनुकाँड़ टीम

IMG-20260507-WA0056

नयाँ दिल्ली: एशियन गेम्स नजिकै रहेको छ अनि भारतीय धनुर्धरहरूका निम्ति विदेशी प्रशिक्षकको नियुक्ति समस्या बनेको छ। केही महिना अघिसम्म इटलीका दिग्गज प्रशिक्षक सर्जियो पागनीले भारतीय कम्पाउण्ड धनुर्धरहरूलाई प्रशिक्षण दिने तय मानिएको थियो। उनीसँग अनुबन्धको प्रक्रिया अन्तिम चरणमा रहेको समय भारतीय टीमका पूर्व प्रशिक्षक रहने पागनीलाई धनुकाँड़ खेलको मजबूत देश दक्षिण कोरियाबाट भारतभन्दा असल वेतनको प्रस्ताव प्राप्त भयो। यसैकारण पागनीले भारतीय धनुर्धरहरूलाई भुलेर कोरियाई टीमको जिम्मेवारी लिए। अब २०२८ लस एञ्जिलिस ओलम्पिकमा सामेल गरिएको कम्पाउण्ड धनुकाँड़को निम्ति पूर्व वर्ल्ड च्याम्पियन अमेरिकी धनुर्धर डेव कजिन्सलाई भारतीय टीमको प्रशिक्षक नियुक्त गर्ने प्रयास शुरु भएको छ। कजिन्सलाई असल वेतनमा नियुक्त गर्ने तयारी गरिएको छछ तर उनको अनुबन्धमाथि खेलका केही मानिसहरूमा रोष रहेको छ। सूत्रबाट थागालागे अनुसार, १९९९-को वर्ल्ड च्याम्पियन र २००३-को उपविजेता कजिन्सले भारतीय कम्पाउण्ड टीमको प्रशिक्षक बन्न साक्षात्कार दिइसकेका छन्। अब उनको अनुबन्धमाथि अन्तिम फसेला हुनु मात्र बाँकी छ। सबैथोक ठीक-ठाक रहे कजिन्स चाँड़ै कम्पाउण्ड धनुकाँड़ टीमको प्रशिक्षक बन्नेछन्। यसबीच धेरैले कजिन्स एकजना असल कम्पाउण्ड धनुर्धर रहे पनि उनमा कोचिंगको पर्याप्त अनुभव नरहेको बताएका छन् जबकि भारतीय कम्पाउण्ड धनुर्धरहरू अहिले विश्वका शीर्ष धनुर्धरहरूमा सामेल छन्। कजिन्सले फीटा राउण्डको वर्ल्ड रेकर्ड पनि बनाइसकेका छन्। समस्या कम्पाउण्ड धनुकाँड़को विदेशी प्रशिक्षकलाई लिएर मात्र नभएर रिकर्व प्रशिक्षकलाई लिएर पनि रहेको छ। गत वर्ष अप्रेलमा कोरियाई मूलका अमेरिकी प्रशिक्षक की सिकलीलाई २० हजार अमेरिकी डलरको भारी वेतनमा अनुबन्धको निम्ति तयार गरिएको थियो। उऩलाई यस साल जनवरीमा अनुबन्ध पनि दिइएको थियो तर उनी शर्तहरूसँग खुशी देखिएनन्। यसैकारण अहिलेसम्म उनको नियुक्ति भएको छैन। यसरी अहिलेसम्म वर्ल्ड कपमा खेलिरहेको भारतीय रिकर्व र कम्पाउण्ड दुवै टीमको अहिलेसम्म मुख्य प्रशिक्षकको नियुक्ति हुन सकेको छैन।

About Author

Advertisement