खरसाङ: भर्खरै सम्पन्न पश्चिम बंगालको विधानसभा चुनाउमा अभूतपूर्व विजय हासिल गरेकोमा २४ खरसाङ समष्टि अन्तर्गत भारतीय जनता पार्टीका उम्मेद्वार सोनाम लामालाई जिताएकोमा भाजपाको प्रतिनिधिहरुले आफ्नो क्षेत्रका जनतालाई आभार व्यक्त गरेका छन्। यस क्रममा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत सदस्य महेश छेत्रीले एक विज्ञप्ति जारी गर्दै घैयाबारी ग्राम पञ्चायत तीन
अधीनस्थ रहेका २५३, २५४, २५६ अनि २५७ वार्डका सम्पूर्ण मतदाताहरूको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले भने, गत २३ अप्रेलमा सम्पन्न चुनाउमा घाम पानी नभनी अनुशासित भएर लाईनमा उभी आफ्नो बहुमूल्य मतधिकारको प्रयोग गर्ने २५३, २५४, २५६ अनि २५७ वार्डका सम्पूर्ण मतदाताहरूप्रति म, पञ्चायत सदस्य महेश छेत्रीको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु। लोकतन्त्रको यस महान पर्वमा तपाईहरू जसरी मतदान गर्नका निम्ति उत्साहका साथ घरबाट निक्लिएर मतदान केन्द्र अघि घण्टौं लाईनमा उभी आफ्नो बहुमूल्य मतधिकारको प्रयोग गर्नु भयो यसका लागि यहाँहरू घैयाबारी तीन पञ्चायत अन्तर्गत पर्ने २५३, २५४, २५६ अनि २५७ वार्डका सबै-सबै मतदाताहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु। यसरी नै भारतीय जनता पार्टीमाथि पूर्ण आस्था र विश्वास राखेर हाम्रा २४ खरसाङ निर्वाचन क्षेत्रका उम्मेद्वार सोनाम लामालाई अपार मतले विजयी बनाउनु हुने
२५३, २५४, २५६ अनि २५७ वार्डका मतदाताहरूलाई ह्रदयबाट धन्यवाद दिँदछु।
तपाईहरूको माया, विश्वास र आशीर्वाद प्राप्त नभएँको भए सायद भारतीय जनता पार्टीको जीत सम्भाव थिएन।लोकतन्त्रमा जनता नै सर्वमान्य हुन भन्ने परिचय यसपालीको चुनाउले स्पष्ट गरेको छ। उनले अघि भने, विशेष २५३, २५४, २५६ अनि २५७ वार्डका
पञ्चायत वार्डका बुर्जुक आमा-बुबा मतदाताहरू र जति पनि टाढा-टाढाबाट आफ्नो समय खर्चिएर मतदान गर्न आउँने मतदाताहरूमा पनि ह्रदयबाट आभार व्यक्त गर्दछु।’
त्यसरी नै तीनधारे राजबारीको बुथ सभापति एवं भाजपाको युवा सचिव ईमानुएल राईले पनि आफ्नो क्षेत्रका मतदाताहरुप्रति आभार प्रकट गरेका छन्। उनले तीनधारेको राजबारीमा रहेको बुथ नम्बर २५२ को सबै मतदाताहरुप्रति आभार प्रकट गरेका छन्। यस अवसरमा भारतीय जनता पार्टीका उम्मेद्वार सोनाम लामालाई २५२ वार्डका सम्पूर्ण मतदाताहरूको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं भनी बुथ सभापति ईमानुएल राई ले एक विज्ञप्ति जारी गर्दै बताएका छन्। उनले भने, गत २३ अप्रेलमा सम्पन्न चुनाउमा घाम पानी नभनी अनुशासित भएर लाईनमा उभी आफ्नो बहुमूल्य मतधिकारको प्रयोग गर्ने २५२ वार्डका सम्पूर्ण मतदाताहरूप्रति म, इमानुएल राई तर्फबाट हार्दिक आभार प्रकट गर्दछु। लोकतन्त्रको यस महान पर्वमा तपाईहरू जसरी मतदान गर्नका निम्ति उत्साहका साथ घरबाट निक्लिएर मतदान केन्द्र अघि घण्टौं लाईनमा उभी आफ्नो बहुमूल्य मतधिकारको प्रयोग गर्नु भयो यसका लागि यहाँहरू बुथ २५२ वार्डका सबै-सबै मतदाताहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु। यसरी नै भारतीय जनता पार्टीमाथि पूर्ण आस्था र विश्वास राखेर हाम्रा २४ खरसाङ निर्वाचन क्षेत्रका उम्मेद्वार सोनाम लामालाई अपार मतले विजयी बनाउनु हुने २५२ वार्डका मतदाताहरूलाई ह्रदयबाट धन्यवाद दिँदछु।
तपाईहरूको माया, विश्वास र आशीर्वाद प्राप्त नभएँको भए सायद भारतीय जनता पार्टीको जीत सम्भाव थिएन।’









