चुनाउमा हार जीत हुन्छ तर तीनधारे महानदी समष्टिमा भोट हारे पनि मन हारेको छैन‌: राजीव थापा

IMG-20260506-WA0071

खरसाङ: तीनधारे महानदी समष्टिको २२ वटा बुथहरुमध्ये १५ वटा बुथहरुमा भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले र केवल ७ वटा बुथहरुमा मात्रै अमर लामाले जीत हाँसिल गरेका छन्। यस विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले यो जनताले हालेको भोट हो र जनताले दिएको जनादेशलाई स्वीकार गरेको बताएका छन्। उनले आफ्नो पार्टीको उम्मेद्वारलाई भोट हाल्ने सम्पूर्ण जनतालाई धन्यवाद दिएका छन् भने अरु उम्मेद्वारहरुलाई भोट दिने जनतालाई पनि धन्यवाद दिएका छन्। समष्टि सभापति राजीव थापाले भने, चुनाउ हो, हार जीत त हुन्छ नै। तर तीनधारे महानदी समष्टिमा भोट हारे पनि मन हारेको छैन‌। यात्रा अझैं लामो छ। संगठन अझ तेज भएर अघि जानेछ।’
उनले केही दिनमा पार्टीको समष्टि स्तरीय सभा आयोजना गरेर चुनावको समीक्षा गरिने बताएका छन्।

About Author

Advertisement