आईपीएल २०२६-को फाइनल बेंगलुरुको स्थानमा अहमदाबादमा गर्ने बीसीसीआईको फसेला

IMG-20260506-WA0054

मुम्बई: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले आईपीएल २०२६-को प्लेअफ्-को आधिकारिक शेड्यूल जारी गरेको छ। अहिले टुर्नामेण्ट निर्णायक चरणमा प्रवेश गरिसकेको छ, जहाँ सबै टीमहरूबीच प्लेअफ्-लाई लिएर रोचक प्रतिस्पर्धा चलिरहेको छ। यसैकारण बोर्डले ७० वटा लीग म्याचपछिको शेड्यूल कहिले जारी गर्नेछ भन्ने सबैलाई प्रतीक्षा रहेको थियो। अहिले शेड्यूल जारी भइसकेको छ अनि सबैभन्दा अधिक चर्चा फाइनलको आयोजन बेंगलुरुबाट खोसिएको कुरालाई रहेको छ। बोर्डले फाइनलको आयोजन अधिकार अहमदाबादलाई दिएको छ। आईपीएल २०२६-को फाइनल ३१ मईमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। पहिला जारी सीजनको फाइनल बेंगलुरुमा हुने तय मानिएको थियो। बीसीसीआई-ले अहिले अचानक स्थान बदलिएर अहमदाबादमा फाइनल गराउने निर्णय लिएको छ। बोर्ड सचिव देवजीत सैकियाले आफ्नो बयानमा भनेका छन्, बेंगलुरुलाई मूल रूपमा फाइनलको आयोजन सुम्पिइएको थियो तर स्थानीय संघ र प्रशासनको केही आवश्यकताहरूले गर्दा, जुन बीसीसीआईको तय दिशा-निर्देशहरू र प्रोटोकलको परिधिदेखि बाहिर थियो, स्थान बदलिएको छ। यही बयान अहिले विवादको कारण बनेको छ कारण प्रशंसकहरू यस्ता के शर्तहरूले गर्दा बेंगलुरुबाट फाइनल म्याच खोसियो भन्ने जान्न चाहन्छन्। केही मीडिया रिपोर्टसमा टिकट विवादले गर्दा बेंगलुरुबाट फाइनल आयोजनको अधिकार खोसिएको दावी गरिएको छ। न्यूज एजेन्सी एएनआई-को रिपोर्टअनुसार, बेंगलुरुमा राजनैतिक मुद्दाहरू, विशेषगरी विधाकहरूको टिकट विवादले बीसीसीआईको निम्ति आईपीएल २०२६ फाइनललाई एम चिन्नास्वामी स्टेडियममा आयोजन गर्नु मुश्किल भएको थियो। वास्तररमा आईपीएल २०२६-को उद्घाटन म्याच अघि कांग्रेस विधायक विजयानन्द कशप्पनवरले हरेक विधायकलाई कम्तीमा ५ वटा आईपीएल टिकट दिने सुझाउ दिएका थिए। त्यसपछि कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले जारी आईपीएल सीजनमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-को म्याचहरूको निम्ति विधायक र सांसदहरूलाई ३-३ वटा टिकट दिइने बताएका थिए। उपमुख्यमन्त्रीको बयानपछि राज्यका गृृह मन्त्री जी परमेश्वरले चाहिँ विधायकहरूद्वारा आईपीएल टिकटहरूको दुरुपयोगको आरोपहरूलाई खारेज गरेका थिए।
यसपाली आईपीएलको प्लेअफ् म्याचहरू ३ अलग-अलग शहरहरूमा खेलिनेछ। बीसीसीआईले यसलाई विशेष परिस्थिति बताएको छ। बोर्डले भनेको छ, अपरेशनल र लजिस्टिक कारणहरूले गर्दा आईपीएल २०२६-को प्लेअफ् म्याचहरू ३ वटा अलग स्थानमा आयोजित गरिनेछ। यसमा क्वालीफायर १ म्याच धर्मशाला स्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियममा २६ मईमा हुनेछ। यस म्याचमा पोइण्ट्स टेबलको शीर्ष दुई स्थानमा रहने टीमहरूले हिस्सा लिनेछ। यसरी तेस्रो र चौथो स्थानमा रहने टीमहरूबीच एलिमिनेटर म्याच न्यू चण्डीगढ़ (मुल्लांपुर)-को न्यू इण्टरनेशनल क्रिकेट स्टेडियममा २७ मईमा हुनेछ। क्वालीफायर २ म्याच (२९ मई) न्यू चण्डीगढ़मै हुनेछ, जसमा क्वालीफायर १-मा पराजित हुने टीम र एलिमिनेटर म्याचको विजेता टीमबीच भिड़न्त हुनेछ। अन्तमा फाइनल म्याच ३१ मईको दिन अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। फाइनलमा क्वालीफायर १ र क्वालीफायर २-को विजेता टीमबीच भिड़न्त हुनेछ। उल्लेखनीय छ, आईपीएलको गत सीजनको फाइनल पनि अहमदाबादमै भएको थियो। त्यस म्याचमा आरसीबी-ले पञ्जाब किंग्सलाई पराजित गरी पहिलोपल्ट ट्रफी जितेको थियो।

About Author

Advertisement