गान्तोक: सिक्किम विधानसभाका सभामुख एमएन शेर्पा समिति प्रणालीको समीक्षा गर्न गठित पीठासीन अधिकारीहरूको समितिको बैठकमा भाग लिन राजस्थान पुगेका छन्।
उक्त बैठकमा सभामुख शेर्पासँगै विधानसभा सचिव ललित कुमार गुरुङ तथा प्रधान निर्देशक कर्म छिरिङ ग्याछो भोटिया ले पनि सहभागिता जनाउने छन्।
राज्य प्रतिनिधिमण्डलले मंगलबार राजस्थान विधानसभामा आयोजना हुने बैठकमा भाग लिने कार्यक्रम रहेको सिक्किम विधानसभा सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार उक्त समितिमा सिक्किमसहित मध्यप्रदेश, हिमाचल प्रदेश, राजस्थान, पश्चिम बंगाल, उत्तर प्रदेश र ओडिशा का विधानसभा सभामुखहरू सहभागी छन्।
समितिको अध्यक्षता नरेन्द्रसिंह तोमर ले गरिरहेका छन्।









