कोलकाताबाट आएका कलाकारहरुद्वारा हेपाटाइटिस रोगसम्बन्धी सचेतनामुलक कार्यक्रम गोरुबथानमा समपन्न

IMG-20221015-WA0207.jpg

गोरुबथान: कोलकाताबाट गोरुबथान आइपुगेका कलाकारहरुले एक जनचेतनामुलक कार्यक्रम गरे। विशेष गरेर हेपाटाइटिस रोग के हो? यसको लक्षण कस्तो हुन्छ?यसबाट कसरी बँच्न सकिन्छ? भन्ने विषयलाई नाटक, नृत्यद्वारा खुबै सुन्दर ढंगमा प्रस्तुत गरिएको थियो।ति कलाकारहरु कलकत्ता स्वस्थ भवनबाट आएका हुन्।कलाकारहरुले गोरुबथान क्षेत्रमा सचेतना ल्याउन हेतु आफ्नो कार्यक्रम प्रस्तुत गरे। हेपाटाइटिस बि, सी रोगसम्बन्धी जानकारी नहुनाले धेरै मानिसहरु अकालमा नै मर्न परिरहेको छ।यसबाट सचेत बनेर बाँच्न सकिने विषयमा कलाकारहरुले आफ्नो कलाद्वारा जानकारी दिए। गोरुबथान आइपुगेका टोली कोलकाता स्वस्थ भवन, आई इ सी टोली रहेका छन्। यसको नेतृत्व वैशाखी रोयले गरेकी छिन्।गोरुबथानमा सर्वप्रथममा सन्त फ्रान्सिस अशिशी विद्यालयमा त्यसपछि गोरुबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्र, युद्धवीर उच्चतर माध्यमिक विद्यालय र गोरुबथान मोटर स्टयान्डमा उनीहरुले नाटक,नृत्य प्रस्तुत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement