आफ्नो संस्कृतिसँग परिचित गराउने उद्देश्यले आदिवासी जनजातिको तीनदिने लोकनृत्य तथा नाटक कार्यशाला

vlcsnap-2022-10-15-16h10m42s251.png

अलिपुरद्वार: काल्चिनी ब्लकको मधु चिया बगानमा बकुलबागन थिएटरद्वारा आयोजित तीनदिने लोकनृत्य नाटक कार्यशालाको शनिबार अन्तिम दिन थियो। मूलतः यो कार्यशाला आदिवासी समुदायको नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग परिचित गराउने उद्देश्यले आयोजना गरिएको हो । उक्त कार्यशालामा चिया बगानका २५ युवाहरुको सहभागिता रहेको थियो।

कार्यशाला सम्पादक रम्पा गुईले सञ्चालन गर्नुभएको थियो। मुख्य प्रशिक्षकको भूमिकामा शुभब्रत डे थिए।

About Author

Advertisement