गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज मेजर जनरल महिपाल सिंह राठौरसँग भेटघाट गर्दै सिक्किमबाट उनको सफल कार्यकाल पूरा गरी सरुवा हुन लागेको सन्दर्भमा हार्दिक कृतज्ञता व्यक्त गरे।सत्रौँ पर्वतीय डिभिजनका प्रमुख अधिकृतका रूपमा उनले निर्वाह गरेको जिम्मेवारी अत्यन्त सफल रहेको उल्लेख गर्दै मुख्यमन्त्री तामाङले उनको नेतृत्व, समर्पण र व्यावसायिकताले राज्यको सुरक्षा, स्थिरता तथा नागरिक–सैनिक सम्बन्धलाई अझ सुदृढ बनाएको बताए।मुख्यमन्त्रीले राष्ट्रको सिमाना सुरक्षामा पुर्याएको योगदानका साथै विभिन्न नागरिकमुखी पहलहरूमा खेलेको सक्रिय भूमिकालाई सदैव सम्मान र कदरका साथ सम्झिने पनि बताए।उनले मेजर जनरल राठौरको आगामी जिम्मेवारीहरूमा निरन्तर सफलता, उत्तम स्वास्थ्य तथा विशिष्ट सेवाको कामना व्यक्त गरे।








