ड्रेसिंग रूममा वेपिंगको आरोपमा राजस्थान रोयल्सका कप्तान रियान परागलाई कठोर शास्ती

IMG-20260430-WA0066

नयाँ दिल्ली: राजस्थान रोयल्सका कप्तान रियान परागमाथि भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले ठूलो कार्वाही गरेको छ। रियानमाथि म्याच फीसको २५ प्रतिशत जरिमाना लगाइएको छ जबकि आईपीएलको आचार संहिताको लेवल १-को उल्लंघनको निम्ति उनको खातामा १ डिमेरिट पोइण्ट पनि जोड़िएको छ। रियानले राजस्थान र पञ्जाब किंग्सबीच आईपीएल २०२६-को ४०औं म्याचको अवधि आचार संहिताको उल्लंघन गरेका थिए। वास्तवमा पञ्जाब किंग्सविरुद्ध न्यू चण्डीगढ़मा खेलिएको म्याचको अवधि रियानलाई ड्रेसिंग रूममा वेपिंग (धुम्रपान) गरिरहेको देखिएको थियो। उनको त्यो भीडियो निक्कै भायरल भएको थियो अनि धेरैले रियानविरुद्ध कार्वाहीको माग पनि गरेका थिए। त्यस समय राजस्थान रोयल्सले २३३ रनको लक्ष्यलाई पीछा गरिरहेको थियो। भीडियोमा रियानको वरिपरि यशस्वी जयसवाल, युधवीर सिंह चरक र कुलदीप सेनलाई पनि देखिएको छ। आईपीएलको जारी सीजनमा राजस्थान रोयल्स मैदान बाहिर विवादमा आएको यो दोस्रोपल्ट हो। यसअघि टीमका म्यानेजर रोमी भिण्डरलाई पनि डगआउटमा मोबाइल फोन प्रयोग गरेको मामिलामा शास्ती दिइएको थियो। आईपीएलद्वारा जारी बयानमा भनिएको छ, रियानले आईपीएलको आचार संहिताको अनुच्छेद २.२१-को उल्लंघन गरे, जुन खेल भावनाविरुद्ध आचरणसँग सम्बन्धित छ। रियानले म्याच रेफरी अमित शर्माको जरिमाना र आफ्नो गल्ती स्वीकार गरेका छन्। आईपीएल सीजनको निम्ति रियानको १४ करोड़ रुपियाँको अनुबन्धलाई ध्यानमा राखेर उनको हरेक म्याचको फीस लगभग १ करोड़ रुपियाँ हुन्छ। यसको २५ प्रतिशत अर्थात रियानले लगभग २५ लाख रुपियाँको जरिमाना तिर्नु पर्नेछ। उल्लेखनीय छ, भारतमा ई-सिगरेट अनि वेपिंग द प्रोहिबिशन अफ इलेक्ट्रोनिक सिगरेट एक्स (पीईसीए), २०१९-अन्तर्गत प्रतिबन्धित छ। यस कानूनअन्तर्गत यसको निर्माण, बिक्री, खरीद, आयात, निर्यात र विज्ञापनमा रोक छ। उल्लंघन गरे भारी जरिमाना र जेलसम्मको शास्ती हुनसक्छ। आईपीएलको जारी सीजनमा राजस्थान रोयल्स असल फर्ममा रहेको छ। टीमले अहिलेसम्म ९ वटा म्याच खेलेर ६ वटा जितेर केवल ३ वटा हारेको छ। यसरी टीम १२ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको चौथो स्थानमा रहेको छ। राजस्थान रोयल्सको अघिल्लो म्याच १ मईमा दिल्ली क्यापिटल्सविरुद्ध रहेको छ।

About Author

Advertisement