गान्तोकमा सेना सम्मान समारोह: भारतीय सेनाको ‘ब्ल्याक क्याट डिभिजन’ सम्मानित

n71052816917775769237069c7206a97571a69b37c71bf67a80221dfd5af03b6b7901bb682ada1e252d9ebc

गान्तोक: सिक्किमको राजधानीस्थित लोक भवनमा आज भारतीय सेनाको गान्तोक आधारित ‘ब्ल्याक क्याट डिभिजन’ लाई राष्ट्रको सीमा सुरक्षामा उल्लेखनीय योगदान तथा सामाजिक गतिविधिहरूमा उत्कृष्ट भूमिकाका लागि विशेष सम्मान प्रदान गरिएको छ। राज्यपाल ओमप्रकाश माथुरको मुख्य आतिथ्य र मुख्यमन्त्री प्रेमसिंह तामाङको विशिष्ट आतिथ्यमा आयोजित यस समारोहमा सेनाका विभिन्न एकाइहरूलाई उनीहरूको पराक्रम र सेवाको कदरस्वरूप प्रशस्तिपत्रद्वारा सम्मानित गरियो।
​समारोहलाई सम्बोधन गर्दै राज्यपालले सिक्किमको सामरिक महत्वलाई औंल्याउँदै भारतीय सेनाले ‘सेवा परमो धर्म’ को आदर्शलाई आत्मसात गर्दै सुरक्षाका साथै विकासका क्षेत्रमा पनि प्रशंसनीय कार्य गरेको बताउनुभयो। उहाँले विशेषगरी नथूला, बाबा हरभजन सिंह मन्दिर, चोला र डोका ला जस्ता दुर्गम क्षेत्रहरूमा सेनाले गरेको पूर्वाधार विकासको चर्चा गर्दै यी प्रयासहरूले पर्यटन प्रवर्द्धन र देशको गौरवशाली इतिहासलाई जोगाउन मद्दत पुर्‍याएको उल्लेख गर्नुभयो।
​सेनाले सीमावर्ती गाउँहरूको जीवनस्तर सुधार गर्न, ‘अपरेसन हिमराहत’ मार्फत संकटमा परेका पर्यटकहरूलाई उद्धार गर्न र ‘अपरेसन सद्भावना’ अन्तर्गत नागरिकहरूसँगको समन्वयलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। कार्यक्रममा ब्ल्याक क्याट डिभिजनका जीओसी मेजर जनरल एम.एस. राठौर र नवनयिुक्त जीओसी आशीष नेगीका साथै सेनाका अन्य उच्च अधिकारीहरू र सरकारी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement