जिल्लापालको निर्देशन: टिकाकरणमा शतप्रतिशत नतिजा ल्याउन र पीसीपीएनडीटी नियम मिच्नेलाई कडा कारबाही

FB_IMG_1777483372375

गान्तोक: ​जिल्लापाल अनुपा तामलिङको अध्यक्षतामा जिल्ला टिकाकरण कार्य बल (डीटीएफआई) र पीसीपीएनडीटी एक्ट, १९९४ अन्तर्गत जिल्ला सल्लाहकार समितिको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ। बैठकमा स्वास्थ्य क्षेत्रका उपलब्धि र आगामी चुनौतीबारे गम्भीर छलफल गरिएको थियो।
​जिल्लापाल तामलिङले टिकाकरण अभियानको समीक्षा गर्दै कुनै पनि योग्य लाभार्थी खोप सेवाबाट बञ्चित हुन नहुने बताइन्। उनले सक्रिय र समन्वित ढङ्गले काम गर्दै पूर्ण कभरेज हासिल गर्न सुदृढ सूक्ष्म योजना, नियमित अनुगमन र जवाफदेहितामा विशेष जोड दिइन्।
​यसैगरी, पीसीपीएनडीटी ऐनको कार्यान्वयनमाथि कडा रुख अपनाउँदै जिल्लापालले नियम उल्लङ्घन गर्नेहरू प्रति प्रशासनले शून्य सहनशीलताको नीति लिने स्पष्ट पारिन्। उनले निदान केन्द्रहरूको निरन्तर निगरानी गर्न, नियम मिच्नेहरू विरुद्ध तत्काल कारबाही गर्न र जनचेतना फैलाउन सामुदायिक सहभागिता र आईईसी गतिविधिहरूलाई थप प्रभावकारी बनाउन निर्देशन दिइन्। बैठकमा सन् २०२५-२६ को अवधिमा निदान केन्द्रहरूको पञ्जीकरण र अनुगमनको स्थितिको समेत गहन समीक्षा गरिएको थियो।

About Author

Advertisement