चेन्नई: रुतुराज गायकवाड़को निम्ति आईपीएल २०२६ अहिलेसम्म कठिन रहेको छ। कप्तान र ब्याटरको रूपमा उनी यस सीजनमा चरम असफल साबित भएका छन्, जसले उनीमाथि दबाउ बढ़ेको छ। यस सीजनमा उनले ६, २८, ७, १५, ७ र १९ रन मात्र बनाएका छन्। यस खराब प्रदर्शनले टीमको चिन्ता बढ़ाएको छ। गायकवाड़ २०१९-देखि चेन्नई सुपर किंग्स (सीएसके)-को हिस्सा हुन् अनि २०२१-मा ओरेञ्ज क्याप जितेर उनले आफ्नो क्षमता पनि साबित गरेका थिए। आईपीएल २०२४-देखि उनले सीएसके-को कप्तानी हासिल गरेका थिए। त्यसपछि चाहिँ कप्तान र ब्याटर दुवैको रूपमा उनको प्रदर्शन निराशाजनक रहेको छ अनि धेरैले उनको योग्यतामाथि प्रश्न पनि उठाएका छन्। सीएसके-का पूर्व खेलाड़ी सुब्रमणयम बद्रीनाथले टीम म्यानेजमेण्टसँग कप्तान बद्ली गर्ने विषयमा विचार गर्नु पर्ने सल्लाह दिएका छन्। उनले भने, के सीएसके म्यानेजमेण्टले उनलाई (गायकवाड़) पदबाट हटाएर सञ्जु सेमसनलाई कप्तानी सुम्पिनेछ? यो सोच्नु पर्ने कुरा रहेको छ। यहाँ उनी खराब कप्तान हुन् या होइनन् भन्ने कुरा आउँदैन तर कप्तानीको दबाउको असर उनको ब्याटिंगमा स्पष्ट देखिएको छ। म्याचको अवधि चरम दबाउमा रहने उनको अनुहारबाट नै थाहा पाउन सकिन्छ। उल्लेखनीय छ, सेमसन जस्ता ठूलो खेलाड़ीको आगमनले गायकवाड़माथि दबाउ अझ बढ़ेको छ। दुवैले ओपनिंग गर्छन् तर गायकवाड़ले रन बनाउन संघर्ष गर्नु परिरहेको छ। बद्रीनाथले भने, रुतुराजले रन बनाउन शुरु गर्नु पर्नेछ। फर्ममा फर्किन ६ वटा ईनिंग्स पर्याप्त हुन्छ। विशेषगरी पावरप्लेमा ब्याटिंग गर्दै यस्तो असफलताले टीमलाई नोक्सान हुन्छ। यसबाहेक लक्ष्यलाई पीछा गर्दै पनि उनले अहिलेसम्म अधिक योगदान दिएका छैनन्। बद्रीनाथको भनाइअनुसार, पूर्व कप्तान एमएस धोनीको अनुपस्थितिले पनि सीएसके-लाई नोक्सान भइरहेको छ। चोटले गर्दा धोनी जारी सीजनमा अहिलेसम्म मैदानमा ओर्लिएका छैनन्। यसले गर्दा टीमलाई डेथ ओभरहरूमा फिनिशरको कमी अनुभव भइरहेको छ। बद्रीनाथले भने, सीएसके-लाई डेथ ओभर्सको निम्ति धोनीको आवश्यकता छ। उनी १८औं ओभरमै ब्याटिंग गरिरहेको भए पनि बलरहरूमा दबाउमा रहन्छन्। उनको शान्त स्वभाव र अनुभव टीमको निम्ति महत्त्वपूर्ण छ।










