मध्यपूर्वको तनाव कम गर्न चीनको सक्रियता: सी र बिन सलमानबीच संवाद

Screenshot_20260420_133435_Instagram

बेइजिङ: मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच चीनले कूटनीतिक सक्रियता बढाएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग टेलिफोन वार्ता गर्दै ‘स्ट्रेट अफ होर्मुज’ मा व्यावसायिक जहाजहरूको आवागमन निर्वाध रूपमा सुचारु हुनुपर्नेमा जोड दिएका छन्।
​चिनियाँ सञ्चार माध्यम शिन्ह्वाका अनुसार राष्ट्रपति सीले यस क्षेत्रमा जारी तनाव अन्त्यका लागि तत्काल युद्धविरामको आवश्यकता रहेको बताएका छन्। उनले मध्यपूर्वको संकट सैन्य टकरावबाट नभई राजनीतिक र कूटनीतिक संवादबाट मात्र समाधान हुनुपर्ने चीनको स्पष्ट अडान रहेको उल्लेख गरे।
​विश्वको तेल आपूर्तिको ठूलो हिस्सा ओगट्ने होर्मुज जलडमरूमध्यमा हुने कुनै पनि अवरोधले विश्व अर्थतन्त्रमा ठूलो असर पार्न सक्ने भन्दै चीनले चिन्ता व्यक्त गरेको छ। अमेरिका र इरानबीचको बढ्दो द्वन्द्वका बीच चीनको यो पहललाई विज्ञहरूले क्षेत्रीय स्थिरताका लागि महत्वपूर्ण कदमका रूपमा हेरेका छन्।

About Author

Advertisement