भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा विचारको परिवर्तन यात्रा

IMG-20260420-WA0070

२०१७ देखि थालिएको यात्राको सहयात्रीहरु कति रहेछ भनेर यो यात्रा आयोजना गरिएको हो: अनित थापा

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं जीटीए प्रमुख अनित थापाको अगुवाईमा आज घुमदेखि दार्जिलिङसम्म विचारको परिवर्तन यात्रा नाम दिएर यात्रा आयोजना गरिएको छ। उक्त यात्रा अन्तर्गत अनित थापाले आज घुमदेखि दार्जिलिङसम्म आफ्ना समर्थकहरुका साथमा विचारको परिवर्तन यात्रा आयोजना गरेका छन्। यसको साथै दार्जिलिङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार बिजयकुमार राईले दार्जिलिङको सिंहमारीदेखि मोटर स्ट्याण्डसम्म विचारको परिवर्तन यात्रा आयोजना गरेका थिए। दुवै आफ्ना समर्थकहरुलाई लिएर विचारको परिवर्तन यात्रा तय गरेर मोटर स्ट्याण्डमा पुगेर चुनावी जनसभामा परिणत भएको छ। उक्त विचारको परिवर्तन यात्रा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले २०१७ देखि थालिएको यात्रा अहिले आएर त्यस यात्राको सहयात्रीहरु कतिजना छन् भनेर हेर्नलाई गरिएको यात्रा रहेको बताए। उनले भने, हामीमाथि मानिसहरुको आस्था र विश्वास बढेको र हामीले अझ राम्रो काम गर्नुपर्छ। सहयात्रीहरुलाई जोश दिनलाई यो यात्रा आयोजना गरिएको हो। यसपालीको चुनावमा राम्रो परिणाम प्राप्त हुने आशा छ।’
थापाले अघि भने, ‘मानिसहरुको जोश देख्दा २३ अप्रेल होइन आज नै भोट हाल्छु जस्तो छ। यसपाली म विस्वस्त छु कि पहाडको तीनवटा सिटहरु नै जित्नेछौं।‌ मैले सोचेको र विश्वास गरेकोभन्दा बेसी मानिसहरु आईरहेका छन्।’

About Author

Advertisement