घैयाबारीको समर्पण समाजले भागोप्रमो उम्मेद्वार अमर लामालाई सघाउने

IMG-20260419-WA0065

तीनधारे: तीनधारे महानदी समष्टि अन्तर्गत घैयाबारीको २५७ बुथमा स्थानीय समर्पण समाजको सभा समाजका सभापति हरिबहादुर खातीको सभापतित्वमा र समाजका सचिव बिपन विश्वकर्माको सञ्चालनमा सम्पन्न गरियो समर्पण समाजको सभाको मुख्य विषय आगामी २३ अप्रेल सम्पन्न हुने विधानसभा चुनाव विषय लिएर राखिएको थियो।यसको साथै उक्त सभामा समाजका उपस्थित सदस्यहरुले साथै समाजका ४० परिवारले विगतमा झैं यसपाली पनि पहाडमा क्षेत्रीयता बचाउने पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई नै सहयोग गर्ने भएका छन्। यसपाली खरसाङका भागोप्रमोका उम्मेद्वार अमर लामालाई टर्चलाइटको चिन्हमा भोट दिएर विजय गराउने निर्णय समाजले सभामा लिएका छन्।सम्पूर्ण पहाडबासीलाई पनि भागोप्रमोका तीनैजना उम्मेदवारहरुलाई टर्चलाईटको चिन्हमा भोट दिएर क्षेत्रीयता बचाउने आह्वान् गरेका थिए भनी समर्पण समाजको सचिव बिपन विश्वकर्मले‌ जानकारी गराएका छन्।

About Author

Advertisement