खरसाङ: तीनधारेमा गोर्खा जनमुक्ति मोर्चाको चुनावी सभा सम्पन्न भएको छ। उक्त चुनावी सभा तीनधारेको क्रिकेट बजारस्थित २५१ बुथमा गोजमुमो अध्यक्ष बिमल गुरुङको निर्देशन र अशोक राईको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभा गोर्खा जनमुक्ति युवा मोर्चाको केन्द्रीय सदस्य योगराज प्रधानको तत्परतामा र अगुवाईमा सम्पन्न भएको छ। सभालाई सरुप प्रधानले सञ्चालन गरेका थिए। सभामा भारतीय जनता पार्टी र गोर्खा जनमुक्ति मोर्चाको उम्मेद्वार सोनाम लामालाई संयुक्त रुपमा यसपालीको विधानसभा चुनावमा भारी मतले जिताउन आह्वान् गरिएको छ। यस चुनावी सभामा वक्ताहरुले आगामी चुनावमा भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामालाई जिताउन आह्वान् गरेका छन्।











