पञ्चायत चुनाउ २०२२: दोस्रो दिन धेरैले बुझाए नामाङकन पत्र

IMG-20221013-WA0271.jpg

गान्तोक: आगामी १० नोभेम्बरको दिन सम्पन्न हुने पञ्चायत चुनाउको निम्ति पाकिम जिल्लाबाट १३ जना उम्मेदवारले नामाङकन पत्र बुझाएका छन्। आज नामाङकन बुझाउने दोस्रो दिन जिल्ला र वार्डको निम्ति कूल १३ जनाले नामाङकन पत्र बुझाएको जानकारी प्राप्त भएको छ। आज उनीहरूले पाकिम जिल्लाका रिटर्निङ अधिकारी समक्ष आफ्नो नामाङकन पत्र बुझाएका छन्। सोही प्रकारले नामाङकन बुझाउने दोस्रो दिन मंगन जिल्लाबाट दुई जनाले नामाङकन पत्र बुझाएको जानकारी गराएको छ, जसमा मिङमा ल्हमु लेप्चाले मोलावार्ड र गाटु भोटियाले तिङछेम वार्डको निम्ति नामाङकन पत्र भरेका छन्। यसर नै नाम्ची जिल्लाबाट नौ जनाले वार्ड पञ्चायत र जिल्ला पञ्चायतको निम्ति नामाङकन पत्र बुझाएका छन्। सोही प्रकारले सोरेङ जिल्लामा आज नामाङकन पत्र बुजाउने दोस्रो दिन कूल ६ जनाले नामाङकन पत्र बुझाएका छन्। आगामी १८ अक्टोबरसम्म धेरै जनाले नामाङकन पत्र बुझाउन सक्ने सम्भावना देखिएको छ। धेरै जनाले फारम लिएर गएको सम्वन्धित निकायले जानकारी गराएको छ। यसरी नै गान्तोक जिल्लाबाट कूल १४ जनाले नामाङकन पत्र बुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ। सोही प्रकारले गेजिङ जिल्लाबाट दुई जनाले नामाङकन पत्र बुझाएको बताइएको छ।

उल्लेखनीय छ, राज्यमा पहिलोपल्ट पार्टीलेस पञ्चायत चुनाउ हुन गइरहेको छ भने यसको मतगणना आगामी १२ नोभेम्बरको दिन हुने भएको छ। यसरी नै उम्मेदवारहरूले २१ अक्टोबरसम्म आफ्नो नामाङकन पत्र फिर्ता लिनसक्ने छन्। उम्मेद्वारहरूले आगामी १८ अक्टोबरसम्म आफ्नो नामाङकन पत्र बुझाउन सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement