एपीएस राजालिम पनि जिल्ला पञ्चायतको चुनाउ मैदानमा, बुझाइन् नामाङ्कन पत्र

IMG_20221013_232351.jpg

नाम्ची: राज्यमा पञ्चायत चुनाउको घोषणा हुनसाथै मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव अञ्जिता राजालिमले जिल्ला पञ्चायत उम्मेदवारको रूपमा नामाङ्कन दर्ता गरेकी छन्। नाम्ची जिल्लाबाट नामाङ्कन दर्ता गर्ने उनी पहिलो उम्मेदवार हुन्। उनले आज नाम्ची जिल्लाका जिल्लापाल एवं रिटनिङ अफिसर एम भराणी कुमारको कार्यालयमा पुगेर नामाङ्कन पत्र भरिन्। नामाङ्कन पत्र दर्ता गरेपछि उनलाई आफ्ना समर्थकहरूले शुभकामना दिएको जानकारी गराइएको छ।

About Author

Advertisement