सांस्कृतिक शोभायात्रा र सम्बर्द्धना कार्यक्रम सफल भएको गोर्खा सांस्कृतिक संस्थान् खरसाङको दाबी

IMG-20260417-WA0054

खरसाङ: गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा गत पहिलो बैशाखको दिन सम्पन्न सांस्कृतिक शोभायात्रा तथा सम्वर्ध्दना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङको तर्फबाट सहभागी सबैलाई धन्यवाद दिएका छन्। शुक्रवार खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर गोर्खा सांस्कृतिक संस्थान् खरसाङको तर्फबाट अध्यक्षा आशा मुखिया लामा, उप सभापति विजया ब्लोन , सचिव प्रनिता मुखिया घिसिङ, कोषाध्यक्षा मिना योञ्जन, कार्यकारी सदस्याहरु क्रमैले बसुन्धरा शर्मा, कल्पना छेत्री, पी लक्की शेर्पा, स्वास्तिका छेत्री आदि उपस्थित भएर गत पहिलो बैशाखको दिन सम्पन्न सांस्कृतिक शोभायात्रा तथा सम्वर्ध्दना कार्यक्रममा सहभागी खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरु र प्रतिनिधिहरु, अतिथिहरु र सहभागी सबैलाई विशेष धन्यवाद ज्ञापन गरेका छन्। उक्त पत्रकार सम्मेलनमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा‌ आशा मुखिया लामाले सबैलाई धन्यवाद दिँदै सबैको सहयोग, साथ र सहभागिताले कार्यक्रम सफल भएको बताएकी छन्। उनले गत वर्षहरु झैं यसपाली पनि वृहत् रुपमा मानिसहरुले सहभागिता जनाएर कार्यक्रम सफल बनाई दिएकोमा सबैप्रति आभार प्रकट गरेकी छन्। उनले सबैको साथ र सहयोगले आगामी वर्ष पनि विभिन्न सांस्कृतिक शोभायात्राको साथमा विभिन्न कार्यक्रमहरु आयोजना आयोजना गरिने जानकारी गराएकी छन्। उनले यसपाली चुनावको माहोल र व्यस्तताबीच पनि सबैको सहभागिताले कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गरेका छन्। उनले यसपालीको सांस्कृतिक शोभायात्रा र सम्बर्द्धना कार्यक्रम एकदमै सफल भएको बताएकी छन्। उल्लेखनीय छ यसपाली गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा सांस्कृतिक शोभायात्रा साथै सम्वर्ध्दना कार्यक्रम आयोजना गरिएको थियो। यसपाली सांस्कृतिक शोभायात्रा खरसाङको बस टर्मिनलदेखि शुरु भएर खरसाङ बजार हुँदै मोटर स्ट्याण्ड भएर नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा सम्वर्ध्दना कार्यक्रम आयोजना गरिएको थियो। उक्त सम्वर्ध्दना कार्यक्रममा सिक्किमका पद्यश्री वरिष्ठ लोक संगीतकार नरेन गुरुङ, सिक्किमका वरिष्ठ लोक साहित्यकार शंकरदेव ढकाल, सारंगी वादक प्रेम गन्धर्व र आशा प्रधान आदिलाई सम्वर्ध्दना जनाइएको थियो।

About Author

Advertisement