लावारिस झोलामा पाइयो धेरै हातहतियार, जाँचमा जुटे पुलिस

IMG_20221013_222333.jpg

सिलगढी: सिलगढी जंक्शन क्षेत्रमा आज एउटा बेवारिस झोलाबाट धेरै मात्रामा हतियार पाइएको छ। यो घटना सार्वजनिक भएपछि क्षेत्रमा नै त्रासको माहोल श्रृजना भएको छ।जानकारीका अनुसार बिहीबार दिउँसो स्थानीयवासीले धेरै लामो समयसम्म एउटा झोला त्यसै लडिरहेको देखेपछि स्थानीय पुलिस थानालाई खबर गरे।खबर पाएर तुरन्तै पुलिस बल घटनास्थलमा पुगेर सो लावारिस झोला बरामद गरी प्रधाननगर प्रहरी चौकीमा लगेको छ। झोलाभित्र धेरै पेस्तोलहरु फेला परेको बताइएको छ। झोला कहाँबाट आयो र कसले यहाँ राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। यससँगै प्रहरीले जंक्शन मोडस्थित ट्राफिक चौकीमा जडान गरिएका सीसीटीभी क्यामेराहरू पनि जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement