छवटै जिल्लामा स्वतन्त्र उम्मेदवारहरूले नामाङ्कन बुझाए

IMG_20221013_215803.jpg

गान्तोक: सिक्किममा आगामी पञ्चायत चुनाउको निम्ति इच्छुक स्वतन्त्र उम्मेदवारहरूले नामाङ्कन बुझाउन शुरू गरेका छन्। नामाङ्कन बुझाउने आज दोस्रो दिन राज्यका छवटै जिल्लामा उम्मेदवारहरूले नामाङ्कन बुझाएका छन्।
पाकिम जिल्लामा आज १३ जना उम्मेदवारले जिल्ला पञ्चायत र वार्ड पञ्चायतका लागि नामाङ्कन बुझाए। सोरेङ जिल्लामा आज ६ जना उम्मेदवारले नामाङ्कन बुझाए। यसै गरी, मंगन जिल्लामा २ जना उम्मेदवारले नामाङ्कन बुझाए। यसरी नै नाम्ची जिल्लामा १२ जनाले नामाङ्कन बुझाए। यसै क्रममा गान्तोक जिल्लामा कुल १४ जना उम्मेदवारले नामाङ्कन बुझाए। गेजिङ जिल्लामा आज ५ जनाले नामाङ्कन बुझाए।
स्वतन्त्र उम्मेदवारहरूले जिल्लापाल, निर्वाचन अधिकारी, पञ्चायत निर्वाचन अधिकारी र सहायक निर्वाचन अधिकारीहरूलाई आफ्नो नामाङ्कन बुझाए।
उल्लेख्य, राज्य चुनाउ आयोगले आगामी नोभेम्बरमा महिनामा पञ्चायत चुनाउ हुने घोषणा गरेको छ। १०नोभेम्बरमा मतदान हुनेछ भने १२ नोभेम्बरमा मतगणना हुनेछ। चुनाउका लागि नामाङ्कन बुझाउने प्रक्रिया १२ अक्टोबरदेखि शुरू भइसकेको छ भने १८ अक्टोबरसम्म नामाङ्कन बुझाउन सकिने छ।

About Author

Advertisement