खरसाङ विधानसभा समष्टिको निर्दलीय उम्मेद्वारद्वारा चुनाउ घोषणा पत्र जारी

IMG-20260416-WA0071

२० वर्षसम्म कुनै विधायकहरुले गर्न नसकेको काम केवल २ वर्षमा नै काम गरेर देखाउने योजना छ: मोहन शर्मा

मिरिक: खरसाङ विधानसभा समष्टिको लागि निर्दलीय उम्मेद्वारको रूपमा चुनाउ लडिरहेका मोहन शर्माले बिहीवार मिरिकमा एक पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो चुनाव घोषणा पत्र जारी गरेका छन्। सिलगढीको दार्जिलिङ मोड निवासी मोहन शर्मा यसपाली खरसाङ विधानसभा समष्टिबाट युवाहरुलाई रोजगार दिने वाचाको साथमा चुनावी मैदानमा उत्रिएका छन्। चुनाव घोषणा पत्र जारी गर्दै उम्मेद्वार मोहन शर्माले स्थानीय तहमा रोजगारको अवसर सिर्जना गर्ने, डिटीजल माध्यमबाट युवाहरुलाई रोजगारको अवसर प्रादान गर्ने, चियाबारी श्रमिकहरुको लागि २५० रुपियाँबाट बढाएर ४०० रुपियाँ गराउन साथै श्रमिकहरुको समस्या समाधानको लागि 30 दिनको योजना बनाएर काम गर्ने प्रोजेक्ट तयार पारेको स्किल डेभलपमेन्टको लागि प्रशिक्षण केन्द्र खोलेर युवाहरुलाई प्रशिक्षण दिने युवाहरुलाई कानुनी रुपमा सहयोग गर्ने, आपतकालीन स्वास्थ्य सेवाको लागि २४ घण्टा नै एम्बुलेन्स सेवा सञ्चालन गर्ने साथै मोबाइल युनिट शुरु गर्ने जस्ता विषयहरु रहेको बताएका छन्‌। यसको साथै उनले नारी सशक्तीकरण र नारी सुरक्षाको लागि काम गर्ने योजना र घरमा बसेर नारीहरुलाई रोजगारको अवसर सिर्जना गर्ने रहेको बताएका छन्‌। उनले जनसाधारणको दैनिक जीवन सुधारको लागि पनि काम गर्ने साथै पारदर्शी सरकार प्रभाणी बनाउने साथै सरकारको विभिन्न विकासको कार्यहरुलाई जनता समक्ष जानकारी गराउन अनलाइन जानकारी दिइने ताकि कुनै पनि कामको जानकारी सबैले पायोस्। विधानसभामा पुगेर चियाबारी श्रमिकहरुको लागि मजबुत रुपमा आवाज उठाउने किनभने चियाबारी श्रमिकहरुको आवाज विधानसभा शक्तिशाली रुपमा उठाउने प्रतिनिधि चाहिएको र यसमा आफुले काम गर्ने बताए। शर्माले २० वर्षसम्म अहिलेसम्मका विधायकहरुले गर्न नसकेको काम केवल २ वर्षमा नै काम गरेर देखाउने योजन रहेको बताएका छन्‌।

About Author

Advertisement