प्रधानमन्त्री बालेन शाहद्वारा नयाँ विदेश नीति सार्वजनिक: ‘नेपाल पहिलो’ प्राथमिकता, ‘बफर स्टेट’ नभई ‘ब्रिज’ बन्ने लक्ष्य

IMG-20260415-WA0134

काठमाडौँ: प्रधानमन्त्री बालेन शाहले नेपालको परराष्ट्र सम्बन्धमा व्यापक फेरबदल गर्दै नयाँ विदेश नीति “नेपाल पहिलो : नेपाली पहिलो” सार्वजनिक गर्नुभएको छ। पूर्ववर्ती सरकारहरूको परम्परागत नीतिभन्दा भिन्न यस नयाँ रणनीतिले नेपालको सार्वभौमसत्ता र आर्थिक विकासलाई कूटनीतिको केन्द्रविन्दुमा राखेको छ।
​नयाँ नीतिले नेपाललाई दुई शक्तिशाली छिमेकीहरूबीचको केवल ‘बफर स्टेट’ (मध्यवर्ती राज्य) मात्र नरही एक ‘जीवन्त सेतु’ (भाइब्रेन्ट ब्रिज) का रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। यसका लागि नेपालले भारत र चीनसँग त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीलाई प्रवद्र्धन गर्नेछ। सरकारले कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने स्पष्ट पार्दै असंलग्न र तटस्थ राष्ट्रको रूपमा विश्व मञ्चमा नेपालको स्वतन्त्र अस्तित्व कायम राख्ने उद्घोष गरेको छ।
​विदेश नीतिमा छिमेकी मुलुकहरूसँग ‘समान दूरी र समान निकटता’ को सिद्धान्त अपनाइने उल्लेख छ। साथै, विदेशस्थित नेपाली नियोगहरूको प्रभावकारिता मापन गर्न वैज्ञानिक ‘परफर्मेन्स अडिट’ प्रणाली सुरु गरिने र जलवायु परिवर्तन तथा हिमाल संरक्षणका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउने सरकारको योजना छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षा र अधिकारलाई पनि यस नीतिले उच्च प्राथमिकता दिएको छ।

About Author

Advertisement