केकेआर-का कप्तान अजिंक्य रहाणेलाई शास्ती

IMG-20260415-WA0068

चेन्नई: आईपीएल २०२६-मा कलकत्ता नाइट राइडर्स (केकेआर)-को स्थिति लगातार बिग्रिँदैछ। टीमले जहाँ ५ वटा म्याच खेलेर एउटा पनि जित्न सकेको छैन, त्यहीँ कप्तान अजिंक्य रहाणेको समस्या लगातार बढ़िरहेको छ। खराब प्रदर्शनबीच रहाणेमाथि बीसीसीआई-ले पनि जरिमाना लगाएको छ। बीसीसीआई र आईपीएल सञ्चालन परिषदले रहाणेलाई आचार संहिताको उल्लंघनको निम्ति दण्डित गरेको छ। आईपीएलद्वारा जारी बयानमा भनिएको छ, कलकत्ता नाइट राइडर्सका कप्तान अजिंक्य रहाणेमाथि चेन्नई सुपर किंग्सविरुद्ध म्याचको अवधि धीमा ओभर रेटले गर्दा जरिमाना लगाइएको छ। यो जारी सीजनमा टीमको आईपीएल आचार संहिताको २.२२-को पहिलो उल्लंघन भएको हुनाले न्यूनतम कार्वाही गरिएको छ। यसैकारण रहाणेमाथि १२ लाख रुपियाँको जरिमाना लगाइएको छ। आउँदो म्याचहरूमा केकेआर-ले फेरि धीमा ओभर रेटको अपराध गरे जरिमाना पनि बढ़नेछ। उल्लेखनीय छ, रहाणेको कप्तानीमा केकेआर-को प्रदर्शन चरम निराशाजनक रहेको छ। टीमले अहिलेसम्म एउटा म्याच पनि जित्न सकेको छैन अनि पोइण्ट्स टेबलमा सबैभन्दा मुनि रहेको छ। मंगलवार सीएसके-विरुद्ध ३२ रनको हारले टीम अझ दबाउमा परेको छ। टीमले प्लेअफ्-को आशालाई जीवित राख्न चाँड़ै आफ्नो रणनीति र संयोजनमा फेरबदल गर्नु पर्नेछ।

About Author

Advertisement