नयाँ दिल्ली: ब्याडमिण्टन एशियन च्याम्पियनशीपमा रजत पदक जितेपछि आयुष शेट्टीले गर्व र आशा व्यक्त गरेका छन्। शेट्टीले यसलाई एउटा असाधारण टुर्नामेण्ट बताउँदै विश्वको सर्वश्रेष्ठ खेलाड़ी बन्ने विश्वास अझ मजबूत भएको दावी गरे। यसको साथमा उनले फाइनलको हारमाथि निराशा व्यक्त गर्दै असाधारण प्रदर्शनको निम्ति शी यू की-लाई श्रेय दिए। आयुषले एउटा साक्षात्कारमा भने, मेरो विचारमा यो मेरो निम्ति एउटा असाधारण टुर्नामेण्ट थियो। म पूरा टुर्नामेण्टमा आफ्नो प्रदर्शनसँग खुशी छु। मेरो सबै म्याच मुश्किल थियो। यसैकारण फाइनलसम्मको यात्रामा हासिल भएको जीतसँग म खुशी छु। फाइनललाई लिएर चाहिँ सामान्य निराश छु। म जीतको साथ टुर्नामेण्ट समाप्त गर्न चाहन्थे तर यसको श्रेय शी यू की-लाई जान्छ। उनले फाइनलमा असाधारण प्रदर्शन गरे। म रजत पदक पाएर कृतज्ञ छु। उल्लेखनीय छ, वर्ल्ड ऱ्याङकिंगमा २५औं स्थानमा रहने २० वर्षीय आयुषले फाइनलसम्मको यात्रामा एकपछि अर्को उलटफेर गरेका थिए। रजत पदकको साथ आयुष साल २०१८-मा एचएस प्रणयपछि ब्याडमिण्टन एशियन च्याम्पियनशीपमा पोडियममा स्थान बनाउने पहिलो भारतीय पुरुष एकल खेलाड़ी बनेका थिए। आयुषले भने, यस टुर्नामेण्टले मलाई म पनि विश्वको सर्वश्रेष्ठ खेलाड़ी बन्न सक्छु भन्ने आत्मविश्वास दिलायो। आउँदो टुर्नामेण्ट थोमस कप हुनेछ। म त्यसलाई लिएर धेरै उत्साहित छु। हामी ट्रफीलाई घरमा ल्याउने पूरा कोशिश गर्नेछौं। विश्वका सर्वश्रेष्ठ खेलाड़ीहरूलाई पराजित गर्दा आत्मविश्वास हासिल हुन्छ अनि मैले अझ कठोर मेहनत गर्नु पर्नेछ। अब मेरो लक्ष्य अझ निरन्तरताको साथ खेल्ने अनि यस स्तरमा नियमित रूपमा खेल्ने रहेको छ।









